ग्यास्ट्रिकबाट बच्ने केही घरेलु उपाय



Download our app to get more features

ग्यास्ट्रिक रोग आम नेपालीको साझा समस्या हो । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरी दुख्ने समस्याले सताउने गर्छ ।

यसैगरी पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, वायु बढ्ने आदि ग्यास्ट्रिकका मुख्य लक्षण हुन् । 

यसबाट जोगिने केहि घरेलु उपायः

बेसारको पातः बेसारको पातलाई ग्यास्ट्रिकको सबैभन्दा राम्रो औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा काटेको बेसारको पात मिसाएर दिनहुँ पिउनाले ग्यास्ट्रिकमा राहत दिलाउँछ । 

अम्बाको पातः एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमालेर दिनहुँ पिउने गर्नुहोस् । ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुसः आलुलाई सफा गरेर बोक्रा हटाई सानो सानो टुक्रा बनाउनुहोस् । त्यसपछि त्यसलाई  पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक उमालेको आलुको जुस खानाले तपाईंको यो समस्या कम भएर जान्छ ।

अदुवाः ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ हराएर जान्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउने र दिनहुँ पिउने गर्नुहोस् ।

बेकिङ सोडाः बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

दालचिनीः तातो दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु राम्रो हुन्छ । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मद्दत गर्छ ।

हिंगः हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउने र पिउने । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

जिराः एक गिलास तातो पानीमा एक चम्चा जिरा राखेर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

लसुनः २ देखि ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमालेर नियमित सेवन पनि गर्न सकिन्छ ।

सौंफः सौंफ पनि एक प्रकारको औषधि हो । पानीमा सौंफको दाना राखी उमाल्नस् र सेलाएपछि सेवन गर्नुहोस् ।

पुदिनाः एक गिलास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

 

(भारतीय आयुर्वेद संस्थान)

Last modified on 2019-01-09 09:17:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts