स्वास्थ्य मन्त्रालयमा एचएलाई ‘नो इन्ट्री’



Download our app to get more features

काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्टहरुलाई मन्त्रालय प्रवेशमा रोक लगाएको छ । केही दिनदेखि विविध माग राख्दै मन्त्रालय परिसरमा दबाबमुलक कार्यक्रम गरिरहेको उनीहरुलाई आजबाट प्रवेश निषेध गरेको हो ।

अघिल्ला दिनमा जस्तै मन्त्रालय परिसरमा माग पुरा गराउन दबाब दिने उदेश्यले पुगेका हेल्थ असिस्टेन्टलाइ मन्त्रालयले प्रवेशमा रोक लाएको एक स्वास्थ्यकर्मीले बताए । उनीहरुलाई मन्त्रालयले ‘आन्दोलनकारी’ भन्दै प्रवेशमा रोक लाएको हेल्थ असिस्टेन्ट संघले जनाएको छ । मन्त्रालययमा प्रवेश नदिएपछि संघको नेतृत्वमा माइतीघर मण्डलामा उनीहरुले धर्ना दिएका छन् ।

मन्त्रालय प्रवेशको लागि हेल्थ असिस्टन्टहरुको संख्या थप गर्ने र पूर्ण रुपले आन्दोलनमा जाने संघका कार्यबाहक अध्यक्ष दिपेन्द्र खड्काले बताए ।

मन्त्रालयको यस्तो कदमलाई कार्यक्रम संयोजक रविन्द्र शाहले एउटा अभिभावकले आफ्नो बच्चालाई घरबाट निकालेको भन्दै आलोचना गरे । उनले आफ्नो घरमा प्रवेस गर्न जुनसुकै कदम चाल्ने चेतावनी पनि दिए ।

यस्ता छन् माग

Last modified on 2019-01-10 06:51:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts