गर्भावस्थामा आफ्नो आहारको राखौं विशेष ध्यान...



Download our app to get more features

गर्भावस्थाको समय पहिले पहिले भन्ने गरिन्थ्यो कि तपाईंलाई दुई गुणा बढि खाना खानुपर्छ । किनकी गर्भावस्थामा तपाईं मात्रै होईन तपाईंको गर्भमा रहेको बच्चालाई पनि खानाको आवश्यक्ता हुन्छ । 
गर्भावस्था एक यस्तो अवस्था हो, जहाँ बढ्दो भ्रुणको साथै आमाको शरीरमा आउने परिपवर्तलाई ध्यानमा राख्दै पौष्टिक आहारको आवश्यक्ता हुन्छ । 

गर्भावस्थामा कसरी ध्यान दिने आफ्नो खानामा, जानौं...

♦ गर्भवती महिलाको डाइटमा खानाको यी पाँच सामग्रीको विशेष ध्यान राख्नु जरुरी हुन्छ । जसमा दाल, तरकारी, फल, दूध र माछामासु सहभागि छन् ।

♦ प्रत्येक एक देखि दुई घन्टाको अन्तरालमा पौष्टिक खाने कुरा खाइ राख्नुपर्छ । 

♦ बेला बेलामा पानी पिई राख्नुपर्छ । किनकी पानी कमि यदि शरीरमा भयो भने मन आत्तिने जस्ता समस्या हुन सक्छ । 

♦ आफ्नो खानामा प्रोटीनयुक्त खानालाई समावेश गराउनुपर्छ । माछा, मासु, अन्डा, दुध र दुधले बनेका परिकारहरु, चिज र सोयाबीनमा राम्रो प्रोटिन पाइन्छ । 

♦ गर्भावस्थाको समय नियमित रूपले प्रतिदिन दुईदेखि तीन वटा ताजा फल खाने बानी बसाल्नु पर्छ । साथै हरियो तरकारीको पनि सेवन गर्नुपर्छ । 

♦ अत्यधिक चिनि वा धेरै गुलियो खाना पनि खानबाट टाँढा रहनुपर्छ । यसले रगतमा शुगरको मात्रा बढाउन सक्छ । 

♦ गर्भवती महिलाले गर्भावस्थाको समय अत्यधिक चिल्लो र बोसोयुक्त खाना खानु हुँदैन । 

♦ गर्भावस्थाको समय महिलाले रक्सी वा नसाजन्य पदार्थको प्रयोग गर्नु हुँदैन । यसले बच्चाको आईक्युलाई प्रभावित बनाउन सक्छ । 

Last modified on 2019-01-11 15:22:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts