पुरुषहरुका लागि खुशिको खबर, एक स्विचको अन अफले रोक्छ स्पर्म !



Download our app to get more features

दुई व्यक्तिबीचको सम्बन्धलाई अझ बढि गहिरो बनाउनका लागि सेक्स सबैभन्दा उत्तम र महत्वपूर्ण मानिन्छ । तर, कपिय अवस्थामा तपाईंले नचाहेको बेला गर्भ बस्दा समस्या हुन सक्छ । सेक्सको समय यदि तपाईं नचाहिने गर्भबाट जोगिन चाहनुहुन्छ महिला र पुरुषको हकमा कन्डम साझा उपाय हो भने महिलासँग फिमेल कन्डमदेखि लिएर गर्भनिरोधक चक्कीको साथ साथै अन्य विभिन्न विकल्पहरु हुन्छन् । तर, पुरुषसँग भने कन्डम बाहेक अन्य कुनै विकल्प हुँदैन । पुरुषहरुका लागि भने अब चाँडै नै स्पर्म रोक्नका लागि नयाँ उपाय आउँदैछ । 

कतिपय पुरुषहरुका अनुसार कन्डमको कारणले सेक्सको मजा नै पूर्ण रुपमा लिन सकिँदैन । कन्डमका कारण सेक्सको जुन मजा लिनु पर्ने हो त्यो खराब हुन्छ । तर, नचाहिदो गर्भबाट जोगिनका लागि भने कन्डमको प्रयोग गर्नु बाध्यता हो । तर, पुरुषहरुको यो समस्या अब चाँडै नै समाप्त हुन गई रहेको छ । 

लामो समयको अनुसन्धानपछि अध्ययनकर्ताहरुले पुरुषका लागि पनि गर्भनिरोधक औषधि बनाउने कार्यमा जुटेका छन् । उसो त यस सम्बन्धमा अहिलेसम्म खासै सफलता प्राप्त भएको छैन । तर, अध्ययन रिपोर्टका अनुसार चाँडै नै पुरुषका लागि पनि बजारमा नयाँ गर्भनिरोधक विधि आउनेछ । यस तरिकाको माध्यमबाट पुरुषको शरिरमा एउटा स्विच लगाइनेछ जसको माध्यमले स्पर्मलाई अन या अफ गर्न सकिन्छ । जुन  स्विच स्पर्म नलीलाई ब्लक गर्ने र खोल्ने कामको लागि हुनेछ । 

यदि यो विधि बजारमा आयो भने बिल गेट्स फाउन्डेशनका लागि ठूलो झट्का हुन सक्छ । किनभने  माइक्रोसफ्टका फाउन्डर बिल गेट्सले आफ्नो फाउन्डेशनको माध्यमबाट पुरुषको लागि गर्भनिरोधक औषधि निर्माणका गर्नका लागि ठूलो रकम लगानी गरेको थियो । उसो यो अध्ययन उनका लागि राहतयुक्त पनि हुन सक्छ । किनकी यस अध्ययनमा ८३ प्रतिशत पुरुषले गर्भनिरोधक औषधिमाथि विश्वास गरेका थिए ।

 

(भारतीय समाचार एजेन्सीको सहयोगमा)

Last modified on 2019-01-12 21:57:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts