सेक्सको बेला भुलेर पनि नगरौं यस्ता गल्ती...



Download our app to get more features

सेक्स एक यस्तो कुरा हो जसको बारेमा कतिपय मानिसहरु खुलेर कुरा गर्नबाट डराउने गर्छन् । डक्टर वा परिवारको कुरा त परै जाओस आफ्नै पार्टनरसँग पनि सेक्सको बारेमा मानिसहरु खुलेर बोल्न सक्दैनन् । यस अवस्थामा सेक्सको समय तपाईं कुनै यस्ता गल्ति गर्न सक्नुहुन्छ जसले तपाईं वा तपाईंको पार्टनरलाई निराश बनाउन सक्छ । जानौं सेक्ससँग सम्बन्धीत केही यस्ता कुरा जुन तपाईंले आजैबाट छोड्नुपर्ने हुन्छ:

संकोच नमान्नुस्
प्रायः जसो महिलाहरु आफ्नो पार्टनरलाई आफ्नो चाहना बताउनबाट संकोचित हुन्छिन् । यस्तो समयमा यदि उनले आफूले के चाहेको हो आफ्नो पार्टनरसँग त्यो बताउन नसकेर निराश हुन पुग्छिन् । त्यसैले आफ्नो इच्छाको बारेमा आफ्नो पार्टनरलाई बिना कुनै लाज वा संकोच बताउनु  पर्छ । पार्टनरलाई खुलेर बताउनुस की कुन कुराले तपाईंलाई बढि आनन्दित तुल्याउँछ । कस्ता स्पर्श तपाईंलाई राम्रो लाग्छ । 

अर्गज्मको बारेमा झूठो नबोल्नुस्
कतिपय महिलाहरु आफूलाई सेक्सको लागि तयार गरेकी हुँदैनन् जसले गर्दा उनीहरुका लागि सेक्स बोझको रुपमा हुन थाल्छ । यस्तोमा उनीहरु सेक्सको समय चाँडै सकोस भनेर क्लाइमेक्स अर्गज्मको बारेमा झूठो बोल्ने गर्छन् । यस्तो गर्नु हुँदैन । बरु यस सम्बन्धमा पार्टनरसँग कुरा गर्नुपर्छ । यदि सेक्स गर्ने मन छैन भने एक अर्कालाई खुशि र सन्तुष्ट बनाउने नयाँ तरिकाहरु अपनाउनु पर्छ ।

सही समयमा गल कुरा नगरौं
सेक्सको समय भुलेरपनि कुनै यस्ता गफ गर्नु हुँदैन जसले तपाईं वा तपाईंको पार्टनरको मुड नै खराब गरिदियोस । जस्तै, पार्टनरको शरीरको कुनै अंगको बारेमा जसलाई तपाईं परिवर्तन गराउन चाहनुहुन्छ वा कुनै त्यस्ता कुरा जसले तपाईंलाई चिन्तामा पार्न सक्छ । अथवा अफिसमा भएका कुनै कुरा जसले तपाईंको सेक्स गर्नमा रुची नै हराएर जाओस्  । 

नसामा नगरौं 
उसो त रक्सी वा वाईन खाएर यौन सम्बन्ध राख्नु खराब होइन । तर, यदि तपाईंले बढि नै रक्सी सेवन गर्नु भएको छ र धेरै नसामा हुनुहुन्छ भने बढि उत्तेजीत हुन सक्नुहुन्छ वा धेरै भावुक हुन सक्नुहुन्छ । यस अवस्थामा सेक्सको मजा बढ्न सक्छ । तर, यदि तपाईं आफूलाई सम्हाल्नै नसक्ने गरि नसामा हुनुहुन्छ भने यौन सम्बन्ध नराखेकै राम्रो । किनकी तपाईंको उत्तेजना तपाईंको पार्टनरको लागि नोक्सानदेह हुन सक्छ । 

 

(नवभारत टाइम्सबाट)

Last modified on 2019-01-12 21:59:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts