बंग्लादेशका ‘ट्री म्यान’ फेरि अस्पतालमा, २५ शल्यक्रिया गर्दा पनि भएन



Download our app to get more features

बंगलादेश, ९ माघ । बंग्लादेशका ‘ट्री म्यान’ फेरि अस्पताल पुगेका छन् । बांग्लादेशका अबुल बाजन्दरलाई एक  दुर्लभ रोग छ । जसका कारण उनको हात र खुट्टामा रुख जस्तै संरचना बन्न थाल्छ ।

२८ वर्षका बाजन्दरको यो रोगले ३ वर्ष पहिले पुरै विश्वको ध्यान तानेको थियो । हात र खुट्टामा रुखका हांगा जस्तै अनेक प्रकारका संरचना बन्न थालेपछि उनको विभिन्न शल्यक्रिया गरियो । तर, फेरि ती संरचना उनको हात खुट्टामा दोहरिएर आउन थालेको छ । 

बाजन्दर Epidermodysplasia Verruciformis नामक रोगबाट ग्रसित छन् । उनी अघिल्लो दुई दशकदेखि यस रोगबाट ग्रसित हुँदै आफ्नो जीवत विताइरहेका छन् । उनको शरीरको अधिकांश भागमा रुख जस्तो संरचना देख्न सकिन्छ । ती संरचनाका कारण उनलाई आफ्नो हात र खुट्टामा करिब ५ किलोको भारी सहनु पर्छ ।

यो रोग शरीरमा इम्यून सिस्टममा हुने खराबीका कारण लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । जसमा मानिसको ] HPV (human papilloma virus) को संक्रमण हुने आशंका बढ्र जान्छ र स्किन लेसियन्स र मेलानोमा छालाको क्यान्सर जस्ता रोग लाग्ने पनि खतरा बढेर जान्छ । 

डाक्टरहरुका अनुसार २०१६ पछि बाजन्दर करिब २५ वटा शल्यक्रियाबाट गुज्रि सकेका छन् तर पछि मईमा उनले उपचार गराउन छोडेका थिए । 

ढाका मेडिकल कलेज ऐन्ड हस्पिटलमा बर्न ऐन्ड प्लास्टिक सर्जरी यूनिटका अर्डिनेटर डा. समन्था लाल सेनका अनुसार यो एक निकै नै जटिल केस हो र हामी यस केसमा विस्तारै विस्तारै सफल हुँदै गएका थे तर, उनले बिचैमा छोडेर घर फर्के । 

डक्टरका अनुसार अब उनको अवस्था निकै बिग्रि सकेको छ । उनको हातमा एक एक इन्छ लामो रुखको आकृति बढिसकेको छ । उनको खुट्टा र शरीरका अन्य भागमा पनि रुखको जस्तो संरचना बनिसकेको छ । 

बाजन्दरले आफ्नो खुट्टामा यस प्रकारको अचम्मको अवस्थालाई सबैभन्दा पहिले २० वर्षको उमेरमा ध्यान दिएका थिए । विस्तारै विस्तारै यो संरचना उनको पुरै हात र खुट्टामा बढ्दै गयो र उनी कुनैपनि काम गर्नबाछ असमर्थ भए । 

२०१७ मा शल्यक्रिया भन्दा पहिले बाजन्दर न आफैंले खान सक्थे ना आफ्नो दाँत ब्रश गर्न सक्थे ना आफैंले नुहाउन सक्थे । 

बाजन्दरले एक अन्र्तवार्ताका क्रममा भनेका थिए, म एक सामान्य व्यक्तिको जीवन जिउन चाहन्छु । म मेरी छोरीलाई काखमा राखेर माया गर्न चाहन्छु र उसलाई अंगालो मार्न चाहन्छु । 

बाजन्दरले जब शुरुवाती अवस्थामा आफ्नो शरीरमा यस्तो उम्रदै गरेको अवस्था देखे तब उनले त्यसलाई काटेर फाल्ने प्रयास पनि गरेका थिए । त्यसपछि उनले होमियोप्याथी औषधि लिए तर उनको अवस्था झन बिग्रदै गएको थियो ।

डीएमसीएचका निर्देशक सामन्ता लाल सेनका अनुसार यसलाई ‘ट्री म्यान डिसीज’ ले चिनिन्छ । सामान्ताले भने, ‘अबुल सहित पुरै संसारभरमा यस्ता ३ वटा घटना मात्रै रहेका छन् । इन्डोनेशियाको एउटा गाउँमा यहि बीमारीले पीडित एक व्यक्तिको २००८ मा शल्यक्रिया भएको थियो ।’  

२०१७ मा भएको सल्यक्रियापछि सेनको अवस्था धेरै हदसम्म निको भइसकेको थियो र उनी खान र लेख्न सक्ने काम गर्न सक्ने भएका थिए । तर, अब फेरि उनलाई उपचारको आवश्यक्ता पर्ने भएको छ । बंगलादेशी सरकारले उनको उपचारको खर्च व्यहोरेको थियो । 
 

Last modified on 2019-01-23 16:53:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts