चिकित्सा शिक्षा विधेयक पास भएसँगै शिक्षा स्वास्थ्य समिति सदस्यहरुको 'सेल्फी'



Download our app to get more features

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको विरोध र प्राध्यापक डा. गोविन्द केसीको विरोधकाबीच बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक पास भएसँगै सांसदहरुले खुशियाली मनाएका छन् ।

संसदमा दुई तिहाई बहुमत सहित रहेको नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुले खुशियाली मनाउँदै फेसबूकमा सेल्फी पोष्ट गरेका हुन् । नेकपा सांसद एवं समितिका सदस्य जीवनराम श्रेष्ठले फेसबूकमा पोष्ट गरेको सेल्फीमा संसदीय समितिका सदस्यहरुले हर्ष मनाइरहेको देखिन्छ । समितिमा समेत दुईतिहाई रहेको नेकपाले बहुमतका आधारमा शिक्षा तथा स्वास्थ्य समितिबाट विधेयकको प्रतिवेदन पारित गरेपछि प्रतिनिधि सभाले शुक्रवार विधेयक पास गरेको हो । 

जीवनराम श्रेष्ठले पोष्ट गरेको सेल्फीमा समितिकी सभापति जयपुरी घर्ती, सदस्यहरु योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, यशोदा सुवेदी, सुरशकुमार राई, अन्जना विशंखे लगायत छन् । उक्त सेल्फीमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलपनि मुस्कानका साथ उभिएका छन् । 

Last modified on 2019-01-25 18:52:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts