डेलिभरि पछिको सेक्स लाइफ राम्रो बनाउनु छ भने अपाउनुस यी उपाय...



Download our app to get more features

बच्चा जन्मि सकेपछि धेरैजसो दम्पत्तिमा यो चिन्ता हुन्छ की अब उनको सेक्स लाइफ कस्तो हुनेछ होला भनेर । डक्टरहरुका अनुसार डेलिभरीपछि पनि सबै कुरा सामान्य नै हुन्छ त्यसकारण यो विषयमा धेरै चिन्ता लिनुपर्ने आवश्यक्ता छैन । तर, केही कुरामा भने सावधानी अपनाउनु आवश्यक हुन्छ । विशेषगरी मेल पार्टनरले सुत्केरी भइसकेको अवस्थामा सेक्स गर्न चाहन्छन् भने फिमेल पार्टनरको विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

शरीरलाई सामान्य बन्न दिनुस्
डेलिभरीपछि महिलाको शरीर पूर्ण रुपले सामान्य हुनमा लगभग ६ देखि ७ हप्ता समय लाग्छ । त्यसपछि तपाईंले आफ्नो सेक्स सम्बन्ध अगाडी बढाउन सक्नुहुनेछ । तर, यो समय वितिसकेपछि तपाईंले एक पटक आफ्नो डक्टरसँग परामर्श गराएर मात्रै सम्बन्ध बढाउँदा उचित हुन्छ । 

हतार नगरौ 
महिलामा सेक्सको लागि इच्छा कम हुनुको पछाडीको ठूलो कारण हो उनको भजाइना अर्थात् यौनीमा पीडा हुनु । डेलिभरीको समय त्यसमा चिरा लगाइन्छ र त्यसपछि त्यसमा स्टिच पनि गरिन्छ । यस्तो अवस्थामा त्यो घाउ पूर्ण निको नहोन्जेल त्यसमा पीडा भइ नै रहन्छ । 

बर्थ कन्ट्रोलको प्लानिंग गर्नुस् 
तपाईं अहिले भर्खर डेलिभरीबाट बाहिर निस्कनु भएको छ र यस्तोमा फेरि गर्भवति हुनु राम्रो होइन । त्यसकारण सेक्सको समय पुरै ध्यान राख्नुपर्छ कि तपाईंको महिनावारी नियमित रूपले सुरु भएको छैन भने तरपनि गर्भ बस्ने खतरा रहिरहन्छ । त्यसकारण पूर्ण रुपले ध्यान दिनुपर्छ र सुरक्षा अपनाउनुपर्छ । 

लुब्रीकेन्टको प्रयोग गर्नुस 
सम्भावना हुन सक्छ कि महिला पार्टनर सेक्सको लागि मनले तयार भएपनि उनको शरीरले साथ नदिन सक्छ । अर्थात् उनको भजाइना लुब्रीकेन्ट नआउन सक्छ । यस्तो औषधिको कारणले हुन सक्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनका लागि दबाव दिनु राम्रो हुँदैन । त्यस कारण यदि सम्बन्ध बनाउनु छ भने तपाईंले लिक्विड लूब्रिकेन्टको प्रयोग गर्न सक्नुहुनेछ जसले उनलाई पीडा हुँदैन र सम्बन्ध सहज हुन सक्छ । 

दुर्वजना केहि समय सँगै बिताउनु पर्छ 
सेक्स केवल शारीरिक गतिविधि होइन, यसमा मनोभावनाको पनि उत्तिकै योगदान हुन्छ । त्यसैले डेलिभरीपछि सेक्सको शुरूवात गर्नुभन्दा पहिले एक अर्कालाई आफ्नो समय दिनुस् । केहि महत्वपूर्ण समय एक अर्कासँग विताउनुस् । आमा बनिसकेपछि कतिपय बेला महिलाहरु डिप्रेसनबाट गुज्रिनु परेको हुन्छ । त्यसकारण यस अवस्थामा उनलाई माया गर्नुस् र उनको विशेष केयर गर्नुस् । जसले तपाईं दुवैजान बीचको सम्बन्ध झन् सुन्दर बन्छ । 

डक्टरको सल्लाह लिनु आवश्यक 
यदि फिमेल पार्टनरको मनमा डर छ कि सुत्केरीपछि चाडै सेक्स लाइफ सुरु भयो भने त्यसको नराम्रो असर उनको शरीरमा पर्छ वा अझैं पीडा वा दुखाई हुन्छ त्यस कारण यौन सम्बन्ध नराखौं । यस अवस्थामा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ र डाक्टरको परामर्श लिनु राम्रो पनि हुन्छ । 
 

(स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.राम नरेश पण्डितसँगको कुराकानीमा आधारित)

Last modified on 2019-01-27 07:09:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts