बिरामीलाई गितार बजाउन लगाएर डाक्टरले गरे मस्तिष्कको शल्यक्रिया



Download our app to get more features

(बिबिसी)काठमाडौं,१३ माघ । दक्षिण अफ्रिकामा ज्याज सङ्गीतकार मुसा मन्जिनीको मस्तिष्कमा ट्युमर भएको पत्ता लाग्यो। चिकित्सकहरूले त्यसलाई शल्यक्रिया गरेर निकाल्नुपर्ने बताए। तर त्यो शल्यक्रिया सामान्य खालको थिएन।

चिकित्सकहरूले उनको टाउकोमा प्वाल पारेपछि मुसालाई ब्युँझाएर गितार बजाउन लगाउँदै शल्यक्रिया गरेका थिए ।

मस्तिष्कमा हानी नपुर्याई त्यहाँ भएको ट्युमर निकाल्न संगीतकार मुसा मान्जिनीलाई शल्यक्रिया गर्दा बेहोस बनाइएन । लटठ्याउने औषधी दिएपछि मुसा मान्जिनीको टाउकोमा एउटा प्वाल पारियो । तर ट्युमर भेटिएपछि चिकित्सकले उनलाई ब्युँझाए । डा.बेसिल एनिकरले भने उनका लागि सबैभन्दा राम्रो जागेको बेला शल्यक्रिया गर्नु हुन्थ्यो । जुन बेला हामी कोर्टिकल म्यापिङ गर्न सक्छौं । 

९० प्रतिशत ट्युमर हटाइयो । यो फेरी बढ्ने सम्भावना भए पनि मुसा संगीत साधनामा लाग्न चाहन्छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts