बिहान चाँडै उठ्नाले हुन्छ यस्ता फाइदा...



Download our app to get more features

एक अध्ययनका अनुसार आनुवांशिक रूपले बिहान चाँडै उठ्ने बानी हुन्छ, तीनमा मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । सिजोफ्रेनिया र डिप्रेशन जस्ता मनोविकारलाई लिएर कम जोखिममा रहने गरेका छन् । नेचर कम्युनिकेशन्स नामका जर्नलमा प्रकाशित अध्ययनमा ‘बडी क्लक’ लाई लिएर केहि महत्वपूर्ण कुरा बताइएको छ र त्यसबारे प्रस्ष्ट पारिएको छ कि मानसिक स्वास्थ्य र रोगसँग चाँडै उठ्नुसँग कसरी जोडिएको छ । 

मधुमेह वा मोटोपनसँग सम्बन्धित छैन 
अध्ययनका अनुसार मधुमेह वा मोटोपन जस्ता रोगको सम्बन्ध छैन, भन्ने कुराको अनुमान लगाइँदैछ । ब्रिटेनमा एक्सटर विश्वविद्यालय र अमेरिकाको म्यासाच्युसेट्स जनरल हस्पिटल (एमजीएच) को नेतृत्वमा भएको यस अध्ययनमा ‘बडी क्लक’ का लागि शरीरको मद्दतमा आँखाको रेटीनाको महत्वपूर्ण भूमिकालाई संकेत गरिएको छ ।
  
बिहान चाँडै उठ्नुका फाइदा
♦ सफा र शुद्ध अक्सीजनले फोक्सोलाई प्राप्त भयो भने श्वास सम्बन्धि समस्यामा राहत हुन्छ र फोक्सो सँधै स्वस्थ रहन्छ । 

♦ बिहान व्यायाम गर्नाले शरीरमा रक्त सञ्चालन बढ्छ जसले मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धि रोगबाट जोगिन सकिन्छ । 

♦ बिहान चाँडै उठ्नाले मानसिक रोगहरु टाँढा रहन्छ । बिहान योग वा प्राणायाम गर्नाले विभिन्न स्वास्थ्य लाभ हुन्छ । 

♦ बिहान चाँडै उठ्नाले ताजगी बनि रहन्छ जसले काम गर्नमा मन लागि रहन्छ र सबै कामहरु समयमै सकिन्छ । काम गर्दा राम्रो प्रभाव पर्छ भने खुशी पनि अनुभव हुन्छ । 

जबरजस्ती बिहान उठ्नाले नोक्सान  
अक्सफर्ड यूनिभर्सिटीका वैज्ञानिक क्याथरीना वुल्फका अनुसार, जब कसैलाई जबरदस्ती उसको बडी क्लाकको विरुद्ध गएर बिहान चाँडै उठ्न वा ढिलो सम्म गरि सुत्न भनिएको छ भने उनमा नराम्रो असर पर्न जान्छ । शरीरसँग गरिएको कुनैपनि जबरजस्तीले कुनै फाइदा भने हुँदैन । क्याथरीना भन्छिन्, मानिसमा उनको सिर्काडियन क्लक अर्थात् शरीरको जैविक घडीका अनुसार नै चल्न दियो भने उनको परफर्मेन्स राम्रो हुन सक्छ । कोइ व्यक्ति जो राति अबेर सम्म काम गर्ने व्यक्तिलाई बिहान चाँडै उठ्नका लागि बाध्य बनाइयो भने उनमा अल्छीपना आउँछ । जसले गर्दा दिनभर काम गर्दा उसको मन काममा लाग्दैन भने मस्तिष्कमा पनि नराम्रो असर पर्छ । साथै तौल बढ्ने खतरा पनि बढ्र जान्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-02-03 09:52:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts