विश्व क्यान्सर दिवस

गाजरको नियमित सेवनले रोक्छ स्तन क्यान्सरको खतरा !



Download our app to get more features

विश्वभर स्तन क्यान्सरका कारण पीडितको संख्या बढ्दो छ । विश्वमा पहिलो स्थानमा रहेको स्तन क्यान्सर नेपालमा भने स्तन क्यान्सर तेस्रो स्थानमा छ । नेपालमा वर्षेनी स्तन क्यान्सरका बिरामीको संख्या थपिँदै गएको पाइएको छ । 

केही वर्षयता स्तन क्यान्सर बारे जागरुकता बढे पनि रोगीको संख्या नघट्नु त्रासपूर्ण स्थिति हो । जागरुकता बढे पनि खानपानमा र जीवनशैलीलाई व्यवस्थित नबनाउँदा स्तन क्यान्सर पीडितको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

अमेरिकीमा गरिएको एक अध्ययन अनुसार गाजरको नियमित सेवनले स्तन क्यान्सरको जोखिम ६० प्रतिशतसम्म कम हुन्छ । 

गाजरमा पाईने बीटा क्यारोटीनले क्यान्सरको जोखिमलाई कम गर्नमा मद्दत गर्छ । हुन त अन्य तरकारी र फल पनि छन् जसमा बीटा क्यारोटीन पाईन्छ । पालकको साग, रातो खुर्सानी र आँपमा पनि बीटा क्यारोटिन पर्याप्त मात्रामा पाईन्छ ।

बीटा क्यारोटीन फल र तरकारीमा पाइने एक रासायनिक तत्व हो, जसले फल र तरकारीको रंग आकर्षक बनाउँछ ।

अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अध्ययन रिपोर्ट अनुसार स्तन क्यान्सरबाट बच्नका लागि गाजर भन्दा उत्तम अरु केही तरकारी र फल छैन् । अन्य फल र तरकारीको तुलनामा गाजर सबैभन्दा बढी फाइदाजनक हुन्छ ।

लण्डनमा दुई वर्ष अघि करीब ५८ हजार महिला स्तन क्यान्सरबाट पीडित भएको पाईएको थियो ।

हरके आठ जना मध्ये एकमा स्तन क्यान्सर हुने लण्डनमा सम्पन्न सो अनुशन्धानले देखाएको थियो । सो अध्ययनका लागि स्तन क्यान्सरबाट पीडित करीब १५ सय महिला र १५ सय क्यान्सरमुक्त महिलामा परीक्षण गरिएको थियो ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-02-04 08:54:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts