लामो समयसम्म बसि रहनाले निम्त्याउँछ यस्ता खतरा...



Download our app to get more features

आजभोली प्रायः जसो व्यक्तिहरु अफिसको कामका कारण घरमा पनि त्यसको प्रेसरमा काम गर्ने गरेको पाइन्छ । कामको दवावका कारण मानिसहरु लामो समयसम्म एकै स्थानमा वा लामो समयसम्म बसेर काम गर्ने गर्दा उनीहरुमा अनेक समस्याहरु देख्न सक्छ । लामो समयसम्म बसेर काम गरेर तपाईं आफ्नो काम पुरा गरेपनि त्यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । 

१. मुटुको समस्याः लामो समयसम्म बसि रहनाले मुटुको रोग लाग्ने खतरा बढेर जान्छ । कारण, लामो समयसम्म बसि रहनाले हाम्रो शरीरको फ्याट वर्न हुन पाउँदैन जसका कारण फ्याटी एसिड आर्टरीजमा गएर जम्मा हुन थाल्छ ।

२. शरीरमा दुखाईः यदि तपाईंको घाँटी, कुम, ढाडमा प्रायःजसो दवाव रहन्छ भने त्यसको कारण लामो समयसम्म बसेर काम गर्नु हो । 

३. खराब पोश्चरः लगातार लामो समय सम्म बसिरहनाले ढाडमा बढि दवाव पर्छ । यदि तपाईं लामो समय सम्म बसेर ल्यापटप वा कम्प्युटर चलाएर काम गर्नुहुन्छ भने तपाईंको शरीर खराब पोश्चरको सिकार बन्न सक्छ । 

४. मस्तिष्कमा असरः  तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ की लामो समय सम्म बसि रहनाले शरीरमा मात्र होइन बरु मस्तिष्कमा पनि नोक्सान हुन्छ । यूनिभर्सिटी अफ क्यालिफोर्नियाको अध्ययन अनुसार लामो समय सम्म बसि रहनाले मस्तिष्कमा त्यसको नकारात्मक असर पर्न जान्छ । जस कारण स्मरणशक्ति कमजोर हुने र मस्तिष्कमा नयाँ स्मरण बनाउने भाग पार्टिकल्समाथि पनि नराम्रो असर पर्छ ।

५. तौल बढ्छः सबैलाई थाहा भएको कुरा हो लामो समय सम्म एकै स्थानमा बसि रहनाले तौल बढ्ने खतरा बढि हुन्छ । 

६. मधुमेहको खतराः मधुमेह हुनुको एक प्रमुख कारण हो सुस्त जीवनशैली । नर्वेगियन यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसार लामो समय सम्म बसि रहनाले र सस्त जीवनशैली अपनाउने मानिसमा मधुमेहको खतरा बढी हुन्छ । 
 

Last modified on 2019-02-06 09:12:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts