यी पाँच जुस कति र कुनबेला पिउने जानि राखौं, नत्र स्वास्थ्यलाई पुर्याउला हानी ! 



Download our app to get more features

पछिल्ला समयमा आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गइरहेको छ । आर्युर्वेदिक औषधि भनेपछि फाइदै मात्र पुर्याउँछ भन्ने आम मानिसको भ्रम छ । सोहीकारण चिकित्सकको सल्लाह विना नै यस्ता औषधिको प्रयोग गर्छन्, आम मानिस । प्राकृतिक उत्पादनले फाइदा त पुर्याउँछनै, तर प्रयोग गर्नुअघि ती औषधीबारे जानकारी भने लिनु जारुरत हुन्छ । आयुर्वेदिक उत्पादनहरुमध्ये हाल विभिन्न किसिमका प्राकृतिक तरकारी, फलफुल तथा जडीबुटीहरुको जुस तथ रसहरु पिउने होडबाजी नै चलेको छ । 

विशेषगरी घीउकुमारी, लौका, अमला, करेला आदीका जुसहरु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने गरिन्छ । त्यसैले अधिकांश मानिस चिकित्सकको सल्लाह विना नै यी चिजका जुस पिउने गर्छौ । तर, हामीले यस्तो जुस सेवन गर्दा स्वास्थ्य अवस्था हेरेर उपयोग गर्न जानिएन भने शरिरमा फाइदा पुर्याउनको सट्टा वेफाइदा हुने चिकित्सकहरु बताउँछन् । जुस प्रयोग गर्नुअघि रसहरु कति शुद्धता छ जानकारी हुन जरुरी छ, साथै प्रयोगको विधिका बारेमा पनि थाहा हुनैपर्छ ।

जुस प्रयोग गर्नुअघि दिउँ यी कुरामा ध्यानः

1. घीउकुमारीको जुसः घीउकुमारीको जुस छाला र कपालको लागि धरै लाभदायी मानिन्छ । घिउकुमारीको प्रयोगले मुटु र कलेजोलगायत शरीरमा लाग्ने अन्य रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता र रगत संचारमा वृद्धि गर्न सहयोग पुर्याउँछ । तर, घीउकुमारीको जुस चिसो हुने हुँदा आाफ्नो शरिरको अवस्था हेरेर मात्रै यसको प्रयोग गर्नुपर्छ । रुघा, खोकी लागेको बेला, बर्खा र जाडोको समयमा उक्त जुस नपिउनु नै राम्रो मानिन्छ। त्यसैगरी, यो जुसले नयाँ कोशिकाहरु (सेल्स) बनाउने भएकाले क्यान्सरका रोगीहरुलाई पनि यो जुस नपिउन सल्लाह दिइन्छ। 

कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग १० देखि ३० मिली । 


2. अमलाको जुसः अमलाको जुसले वजन कम गर्न मद्दत गर्नुका साथै आँखा, कपाल र छालाका लागि पनि फाइदाजनक मानिन्छ । यसले प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली पनि बलियो बनाउँछ । शरीरको गर्मी कम गर्नुका साथै ग्यासट्रिकलाई पनि कम गर्छ । अमलाको जुस गर्मी मौसममा खान सकिन्छ। चिसोका विरामी, खोकी लागेका तथा बर्खा र जाडो मौसममा यो नखानु नै उपयुक्त हुन्छ । 

कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग २० देखि ४० मिली । 

3. जामुनको रसः जामुनको जुस मधुमेहका रोगीहरुका लागि धेरै नै फाइदाजनक हुन्छ। यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र पाचन प्रणालीलाई समेत ठीक राख्छ। तर, बाथ रोग र घाँटीमा खसखस वा दुखाई भएका व्यक्तिहरुका लागि यो जुस हानिकारक हुनसक्छ। 

कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग २० मिली । 

4. करेलाको रसः करेलाको रसले पनि मधुमेहको खतराबाट जोगाउँछ। सोहीकारण पछिल्लो समयमा करेलको जुस खानेहरुको संख्या बढ्दोक्रममा छ । तर ठन्डी मौसम सकिन लाग्दा भने यसको प्रयोग गर्नु हुँदैन । यसले पेट दुख्ने र ग्यासट्रिकको समस्या हुनसक्छ। पखाला लागेका समयमा पनि करेलाको रस पिउनु हुँदैन। 

कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग २० मिली । 

5. जमरा (कलिलो मकै वा जौको बोट)को रसः जमराको रस पनि स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । जसले रगतको मात्रा बढाउने र क्यान्सरका बिरामीहरुलाई समेत फाइदा पुर्याउने पाइएको छ। तर, मधुमेहका रोगीहरुले भने यसको रस पिउनु उपयुक्त हुँदैन । 

कति र कुनबेला पिउनेः बिहान खाली पेट पानीसँग ४० मिली ।

यी उल्लेखित बाहेक अन्य थुप्रै यस्ता रस, जुस तथा प्राकृतिक औषधिजन्य चिजहरु सेवन गर्नुअगाडि सम्पूर्ण जानकारी लिन आवश्यक छ । जानकारी लिएर सेवन गरेमा स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने चिकित्कसकहरु बताउँछन् ।
 

Last modified on 2019-02-13 16:37:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts