फ्लुका कारण फ्रान्समा २ हजारभन्दा बढिको मृत्यु, ५ लाख बढि जोखिममा



Download our app to get more features

फ्रान्स, १० फागुन । फ्रान्समा फ्लुका कारण यस वर्ष मात्र २ हजार ८ सय जनाको मृत्यु भएको छ ।

जाडो मौसममा देखिने फ्लुका कारण फ्रान्समा यस वर्षको अक्टोबरदेखि फेब्रुअरी ३ तारिखसम्म २ हजार ८ सयको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धवृद्धाहरू रहेको प्रान्सका स्वास्थ्य अधिकारीले बताएका छन् ।

फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १ सय ३७ जनाले अस्पतालमा उपचाररत छन् ।

भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी रहेको रिपोर्टमा उल्लेख छ ।

सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एच वान एच टु र एच थ्री एन टू’ को संक्रमण देखिएको थियो । फ्लुका कारण अझैं ५ लाख भन्दा बढि मानिस जोखिममा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

(एजेन्सी)

Last modified on 2019-02-22 13:40:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts