विश्व श्रवण दिवसमा नर्भिकले निशुल्क कानको निशुल्क जाँच गर्ने, शल्यक्रिया गर्नुेपर्ने बिरामीलाई २५ प्रतिशत छुट



Download our app to get more features

काठमाडौं, १७ फागुन । विश्व श्रवण दिवसको अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले कानका विरामीको निशुल्क परीक्षण गर्ने भएको छ ।

यो वर्षको विश्व श्रवण दिवस फागुन १९ गते आइतवार मनाइदै छ । नर्भिकको नाक–कान–घाँटी विभागले दिवसको अवसरमा आइतवार विहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको हो । सेवा प्राप्तगर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्राडा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भूषाल लगायतको टोली रहने अस्पतालले जनाएको छ । दिवसको दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा समेत निःशुल्क प्राप्त हुने पनि अस्पतालले जनाएको छ । निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरू मध्ये कसैलाई श्रवण यन्त्रको आवश्यकता परेमा उक्त यन्त्र २० प्रतिशत छुटसहितको प्राप्त हुने छ । सेवाग्राहीहरूमध्ये यदि कसैको शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउँदा बिरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

विश्वभरी करीव ४६ करोड मानिसहरु श्रवण शक्तिह्रास हुने समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ। ती मध्ये ३४ करोड बालबालिका मात्र रहेको अस्पतालले जनाएको छ । नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक भने छैन । तर पनि नेपालमा यस समस्याकाट ग्रसितको नि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्तिह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने संक्रमणहरु जस्तैः दादुरा, गलगाँड र रुवेला आदि हुन् ।

केही प्रकारका क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू पनि मुख्य कारक रहेका छन् । श्रवण शक्तिह्रास हुँदामा व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरण, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी परिवार÷समाजमा एक्लोपनको महसुस हुने जस्ता समस्याहरु देखा पर्ने गर्दछन् ।

Last modified on 2019-03-01 16:04:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts