यसरी समाधान गर्न सकिन्छ कब्जियतको समस्या...



Download our app to get more features

कब्जियत समस्याबाट सामान्यजसो सबैजना नै पीडित हुने गरेका छन् । त्यसो त कब्जियत आफैंमा कुनै रोग होइन । तर, यो विभिन्न रोगको लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो ।

कब्जियतकै कारणले विभिन्न रोग निम्तिन पनि सक्छ । खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाँढै रहन सकिन्छ । 

कब्जियत हुने कारण 
– शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुई सय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ । 

– आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ । 

– खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुनसक्छ । हरेक दिन  एकै समयमा मिलाएर खानु राम्रो हुन्छ ।

– नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ । मानसिक रुपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । 

– तनावले पाचक्रियामा असर पुर्याएर गराउँछ । 

– कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमति बानी नबसेका हुन्छन् । दिसा निष्काशन हुने इच्छालाइ दबाउँदा पनि कब्जियत हुन्छ । 

– आन्द्रा तथा मलद्धारमा समस्या भए पनि कब्जियत हुनसक्छ । यस्ते नसासम्बन्धि विभिन्न समस्या जस्तै पक्षघात प्यारालाइसिस, मष्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाइ पनि कब्जियत हुन्छ । 

समाधान
– खानपान र जीवनशैली  व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमति व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ । व्यायामले आन्द्राको गतिविधि बढाउने  र मांसपेशी क्रियाशिल राख्ने काम गर्छ। विभिन्न खालका योग पनि कब्जियतका रोगीलाई उपयोगी हुन्छन् ।

– बिहान खाली पेटमा घिउकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ ।

–  प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाई नरम बाउन मद्दत  गर्छ । चोक्कर, आटा, ब्राउन राइस, जौ, गेडागुडी अन्न, छोकडा, किसमिस, ओखर, बदामजस्ता फल सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ । 

– कब्जियतको समस्या भोग्नेहरुले पानी प्रशस्त पिउनुपर्छ । बिहान उठ्ने वित्तकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउनु पर्छ । मध्यपान र ध्रमपानबाट टाढा रहनुपर्छ ।                        

Last modified on 2019-03-06 12:13:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts