ब्लड प्रेसर लो भएमा अपनाउ यी उपाए 



Download our app to get more features

काठमाडौं, २४ फागुन । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । 

तपाई वा तपाईको कोही आफन्तजनको ब्लड प्रेसन कम छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ । 

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगरौं । 

अत्यधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । बरु प्रर्याप्त मात्रामा पानी पिउने जसले रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ ।

नूनको मात्रालाई अनुगमन गर्नेः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ । तर रक्तचाप कमि भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन । 

नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ ।

आकस्मिक शारिरिक गतिविधि त्याग्नेः आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पुर्याउने ।

बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ । तसर्थ उभिनु भन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउनुहोस । ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेर मात्र उभिनुपर्छ ।

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानेः न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाब दिइदैन । कार्बोहाइड्रेडयुक्त खानेकुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ ।

 
तातो पानी र स्टिम नलिनेः लामो समयसम्म तातो पानीले नुहाउदा वा वाफ लिदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले नुहाउन हुँदैन। बरु यसको सट्टा कुर्चीमा बस्ने । सकभर कुर्चीमा बसेर ननुहाउने। कुर्चीबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्ने ।

 
बारम्बार खाना खानेः रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना नखाने। बरु हरेक दुई दुई घन्टामा थोरै थोरै खानुहोस् । 

एजेन्सीको सहयोगमा

Last modified on 2019-03-08 11:18:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts