आफैंले गर्न सकिन्छ ग्यास्ट्रिकको घरेलु उपचार !



Download our app to get more features

काठमाडौं, फागुन २५ । काठमाडौँ, माaघ पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । 

ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु लगायतका लक्षण देखिन्छन् ।

 यसबाट बच्ने केही घरेलु उपायहरू

१. बेसारको पात

बेसारको पातलाई  ग्यास्ट्रिकको सबैभन्दा राम्रो औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउने । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. अम्बाको पातः
 एउटा अम्बाको पात लिने र त्यसलाई पानीमा उमाल्ने । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३. आलुको जुस
आलुलाई सफा गर्ने र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्ने । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउने ।
 

४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ ।

दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउने यो समस्या आफैँ हँट्दै जान्छ  । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने ।

५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा एन्टासिड भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउनद्दत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिलाउने र दिनहुँ यसको प्रयोग गर्ने ।

६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्ने । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

८. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन  गर्ने ।

९. लसुन
२/३ वटा लसुनलाई आगोमा पोल्ने त्यसपछि त्यसको बोक्रा निकालेर खाने । ताजा लसुनलाई पिस्ने, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्ने र यसको सेवन गर्ने ।

१०. सुप

सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी  उमाल्ने र सेलाए पछि खाने ।
११. पुदिना
 

एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खाने । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मद्दत गर्दछ ।
 

Last modified on 2019-03-09 17:18:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts