११ जना शिशुको मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा



Download our app to get more features

ट्युनिसिया । अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

राजधानी ट्युनिसको एक अस्पतालमा ११ जना नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् । चेरिफको राजीनामा उनको नियुक्तिको ठीक चार महिनापछि आएको हो । मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ जना शिशुको मृत्यु भएको थियो ।

ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ । प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

Last modified on 2019-03-10 15:32:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts