स्टार अस्पतालले मनायो १३ औं वार्षिकोत्सव



Download our app to get more features

काठमाडौं, २९ फागुन । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालले आफ्नो १३ वार्षिकोत्सव मनाएको छ । अस्पतालले बुधबार एक कार्यक्रम गरी वार्षिकोत्सव भएको हो । 

अस्पतालले वार्षिकोत्सवको अवसरमा दश वर्ष देखि कार्यरत १६ कर्मचारीहरुलाई टोकन अफ लवले सम्मान गरेको अस्पतालका व्यवस्थापक हरी ढकालले जानकारी दिए । यसरी सम्मान हुनेमा काशिराम लावति, रुद्र थापा मगर, नमिता श्रेष्ठ, शर्मीला श्रेष्ठ, उशा ढकाल, बिर बाहादुर श्रेष्ठ, जानुका बिष्ट, साबित्री रेग्मी, कमला बस्नेत, लक्ष्मी महर्जन, आशा लामा, बिष्णु थापा, राजु ढकाल, धन बाहादुर माझी, हरी बाहादुर खत्री र दुर्गा थिङ्ग छन् । 

यसैगरी अस्पतालले वर्षको उत्कृष्ट कर्मचारी बाट कृष्णा कुमारी श्रेष्ठलाई सम्मान गरेको छ । उनलाई अस्पतालका अध्यक्ष वसन्त चन्द्र मरहट्टाले नगद र प्रमाणप्रत्र सहित सम्मान गरेका हुन् ।  

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्षले बिरामीहरुलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार अस्पताल सफल हुनमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरे ।
 

Last modified on 2019-03-13 17:08:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts