अनारले लाग्न दिदैन यी १० रोग !



Download our app to get more features

काठमाडौं, १ चैत। दैनिक अनार खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

अनार खाएमा कतिपय रोग नै लाग्दैनन् । हरेक दिन अनार खाएमा नलाग्ने १० रोग यहाँ दिइएको छः

 – दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
 

Last modified on 2019-03-15 10:26:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts