कन्डमसँग सम्बन्धीत यी ४ रोमाञ्चक कुरा, के तपाईंलाई थाहा छ ?



Download our app to get more features

कन्डमले एचआईएभी एड्स बाहेक अन्य यौन संक्रमणबाट जोगाउनुका साथै गर्भनिरोधक साधन पनि हो । सुरक्षित यौन सम्बन्धका लागि कन्डमको प्रयोग गर्न सँधै सल्लाह दिने गरिन्छ । तर, यसका साथै कन्डमसँग केहि रोमाञ्चक कुरा पनि जोडिएका छन्, जसको बारेमा तपाईंलाई थाहा नहुन सक्छ । जानौं ती रोमाञ्चक कुराको बारेमा...

मात्र ५ प्रतिशत पुरुषले प्रयोग गर्छन् कन्डम
सुरक्षित यौन सम्पर्कका लागि कन्डमको अनिवार्य प्रयोगका लागि सँधै सबैले भन्ने गरेका छन् । यौन जन्य रोगबाट जोगिनका लागि पनि कन्डमको प्रयोग गर्नु पर्छ भनेर विभिन्न चेतनामुलक जानकारी दिईएपनि मात्र ५ प्रतिशत पुरुषले कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ ।

कन्डमका परिकार
धेरैजसो कन्डम लेटेक्सबाट बन्छन् । तर, यदि कसैलाई लेटेक्सले एलर्जी हुन्छ भने तीनका लागि नन लेटेक्स कन्डम पनि पाइन्छ । कन्डम पोलीयूरीथेन (एयथिगचभतजबलभ) बाट बनेका हुन्छन् । केहि कन्डम पोलीआइसोप्रीन (एयथिष्कयउचभलभ) ले पनि बनेका हुन्छन् । त्यस बाहेक ल्याब स्किन (भेडाको बच्चेको छाला) ले पनि कन्डम बनाइने गरिन्छ । जसमा भेडाको बच्चाको आन्द्राको पनि प्रयोग गरिन्छ । त्यति मात्र नभई कन्डम विभिन्न प्रकारका फ्लेभरमा पनि बजारमा पाइन्छ ।

सेक्स ड्राइभमा पर्दैन फरक
कतिपय व्यक्तिलाई लाग्छ की, यौन सम्बन्धको बेला कन्डमको प्रयोग गरियो भने दुुई गुणा बढि मजा आउँछ भनेर । तर, त्यो गलत सोचाई हो । नेशनल सेक्स स्टडीको एक अध्ययन अनुसार, कपल्सद्वारा सेक्स गर्ने क्रममा कन्डमको प्रयोग गर्ने वा नगर्नेले त्यसको ड्राइभमा कुनै फरक पर्दैन ।
 
४० प्रतिशत महिलाले किन्छिन् कन्डम
केहि समय पहिले सार्वजनिक भएको नतिजा अनुसार ४० प्रतिशत महिलाले मात्र कन्डम किन्ने गरेकी छन् । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-16 17:08:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts