होलीको रंग हटाउने सजिलो उपाय 



Download our app to get more features

काठमाडौं,६ चैत्र । फागु पूर्णिमा वा होली भनेर चिनिने चाड नेपालमा हर्षोल्लाशका साथ मनाउर्दै आइएको छ । नेपालमा होलीको अघिल्लो दिन वसन्तपुर दरवार अगाडि होलीका दहन गरेर यस चाडको सुरुवात गरिन्छ । पौराणीक कथा अनुसार हिरण्यकश्यपकी कहिनी होलीकाले विष्णु भक्त हिरण्यकश्यपका छोरा प्रह्लादलाई मार्न अग्नि नजिक जादा होलिका आफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जीत भएको दिनको रुपमा यो पर्व मनाउदैं आइएको छ । पहाडी जिल्लामा फागुपूर्णिमा दिन होली मनाइन्छ भने तराइमा भोलिपल्ट मनाइन्छ । रङ्गको वर्षाले होली अझै रमाइलो र विशेष हुने गरेको छ । होलीमा रङ्ग तथा अवीर लगाउने, पानी छाप्ने चलन हुन्छ । तर आजभोली होलीमा विभिन्न बिकृति पनि भित्रिएको पाइन्छ । होलीमा अण्डा फोड्ने, गाडीको मोविल दल्ने, हिलो लगाइदिने लगाएतका गतिविधि भएको देखिन्छ । 

 होलीलाई रंगहरूको पर्व भनिन्छ । होलीको रंगले मानिसको जीवनमा खुशी भर्ने विश्वास गरिन्छ । यही विश्वासका साथ होली अर्थात फागुपूर्णिमामा मनाइन्छ ।तर, होली खेल्दा प्रयोग गरिने रंगहरूप्रति सजग नभएन छालामा गम्भीर असर पर्ने चिकित्सकहरूको भनाइ छ । होलीको रंगहरूलाई मन पराउने व्यक्तिका लागि होलीपछि कसरी सहजै रंग हटाउने भनेर केही सजिला टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

साथै यी टिप्स अनुसरण गरे छाला तथा अनुहारमा निखार पनि ल्याउँछ ।

 नङ रंग हटाउन होली खेल्दा हातको नङमा धेरै नै रंग लाग्ने गर्छ । नङमा रंग लाग्दा हात र नङ कुरुप बन्न सक्छ । यसकारण होलीको रंग हातमा लाग्नु भन्दा पहिले नङमा नेल पोलिस लगाउन नबिर्सनुहोस् । यसले नङको सौन्दर्य पनि बढ्छ र रंगबाट पनि जोगाउँछ ।  होली खेल्नु अघि तेल लगाउनुहोस्  होलीको रंगमा विभिन्न केमिकल मिसाएको हुन्छ । जसले होलीपछि शरीरमा लागेको रंग निकाल्न निकै मेहनत गर्नुपर्छ ।

यसकारण होली खेल्नु अघि शरीर र कपालनमा तेल लगाउनुहोस् 

यसले कपाल र शरीरमा रंग बस्नबाट रोक्छ सादा पानी कपालमा नछुट्ने रंग लागेको छ भने त्यसलाई निकाल्नका लागि सिधै स्याम्पू लगाउनु हुँदैन । पहिले सादा पानीले कपाललाई राम्रोसँग सफा गर्ने । यसले कपालमा लागेको रंग सफा हुन्छ । त्यसपछि मात्रै स्याम्पू लगाएर कपाल धुने गर्नुपर्छ । यस बाहेक कपालमा स्याम्पू लगाउनु भन्दा पहिले अण्डाको पहेँलो भाग लगाएर लगभग ३० मिनेट सम्म छोड्नुहोस् । साथै दहीमा मेथी मिसाएर पनि लगाउन सकिन्छ ।

अनुहारको सफाई अनुहारको छाला सबैभन्दा संवेदनशील हुन्छ । रंगको असरबाट अनुहारलाई जोगाउन क्यालामाइनमा मह र गुलावजल मिसाएर अनुहारमा लगाउने ।

यदि छालामा खराब वा गुणस्तरहिन रंग लाग्यो भने त्यसले जलन र एलर्जी हुनबाट जोगाउँछ । ओइली छाला भएकाहरूले मुल्तानी माटोको फेस प्याक लगाउनु उपयुक्त हुन्छ ।  गोलभेँडाले पनि सफा हुन्छ रंग होलीमा रंग धेरै दिनसम्म शरीरमा वा अनुहारमा रहिरहन सक्छ । तर, होली खेलिसके लगत्तै गोलभेँडाको फेस प्याक लगाउने हो भने सहजै रंग जान्छ । त्यसका लागि गोलभेँडालाई पिसेर त्यसमा मह र मुल्तानी माटो मिसाएर स्क्रब बनाउन सकिन्छ ।

(व्यूटिसियन लक्ष्मी साहसँगको कुराकानीको आधारमा)

Last modified on 2019-03-21 06:06:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts