एक्लै बस्न रुचाउँनु हुन्छ ? यस्ता छन् फाइदा



Download our app to get more features

व्यस्त जीवनशैली र भागदौडले भरिएको जीवनबाट कहिलेकाहि सबैले एकान्त खोज्ने गर्छन् र एकान्तको आवश्यक्ता पनि हुने गर्छ । सबै मानिसको जीवनमा एक यस्तो समय आउँछ जब उनलाई कुनै दुःख वा केहि उदासीपनका लागि एकान्तमा समय विताउन चाहन्छन् । उसो त एक्लै रहने व्यक्तिमा डिप्रेसनको खतरा हुन सक्छ भनेर भन्ने गरिन्छ । तर, एक नयाँ अध्ययनले यो कुरालाई गलत प्रमाणित गरेको छ । हालै गरिएको एक अध्ययनका अनुसार जो बच्चा वा व्यक्ति एक्लै रहन चाहन्छन् वा एकान्त मन पराउँछन् उनमा आफूलाई राम्रो सँग बुझ्न सक्ने र आफू के हो भन्ने कुरा स्विकार गर्न सक्ने क्षमताको विकास हुन्छ । 

यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता क्रज र विलमिंगटन कलेजले संयुक्त रुपमा गरेको अध्ययन अनुसार जो बच्चा आफ्नो इच्छाले एक्लै रहन चाहन्छन् उनले आफ्नो जीवनलाई राम्रोसँग बुझ्न सक्छन् । जबकि, यदि बच्चालाई एक्लै रहनका लागि बाध्य बनाइयो भने उनको जीवनमा नकारात्मक प्रभाव पर्न जान्छ । जसले गर्दा बच्चा डिप्रेशनको शिकार बन्न सक्छन् ।

पछिल्लो केहि अध्ययनमा यस्तो दावी गरिएको थियो की, एक्लै रहनाले मानिसमा डिप्रेशनको खतरा बढेर जान्छ । तर, यो नयाँ अध्ययनका अनुसार एकान्तमा बस्नु पनि एक कला हो जसले मानिसलाई धेरै कुरा सिकाउन सक्छ । अध्ययनकर्ताले भने अनुसार पछिल्लो विभिन्न अध्ययनमा एकान्तमा समय बिताउनाले एक्लोपन र लजाउने स्वभावको भनेर संज्ञा दिइएको थियो । साथै जो बच्चा धेरैजसो समय एक्लै विताउन चाहन्छन् उनी चाँडै सबैसँग घुलमिल गर्न पाउँदैनन् । 

प्रत्येक व्यक्तिलाई यो जान्न जरुरी हुन्छ कि उनलाई कुन बेला एक्लै बस्नु पर्छ र कुन बेला सबैसँग मिलेर समय विताउनुपर्छ । यस अध्ययनमा आफ्नो इच्छा र खुशीका लागि एक्लै बस्नुको फाइदाको बारेमा जोड दिइएको छ ।

अध्ययनका क्रममा जो व्यक्ति सामाजीक सञ्जाललाई छोडेर एक्लै रहन चाहन्छन, उनमा तनावको समस्या आउनु सामान्य भएको खुलासा पनि गरिएको छ । त्यस्ता व्यक्तिमा डिप्रेशनको खतरा पनि बढि हुन्छ । तर, यदि तपाईं आफ्नो इच्छाले एक्लै रहन चाहनुहुन्छ भने तपाईंमा कुनैपनि नकारात्मक प्रभाव पर्दैन । बरु तपाईं आफ्नो जीवनमा खुशि र स्वस्थ रहनुहुन्छ ।

आजभोलीको व्यस्त जीवनमा हामी प्रायः जसो समय या त काम या त सामाजीक सञ्जालमा बिताउने गर्छौ । जसका कारण हामी आफ्नो लागि नै समय दिन पाउँदैनौं र एक्लै रहने कला पनि सिक्न पाउँदैनौं । त्यसकारण आफूलाई बुझ्न र आफ्नो लागि समय दिन आवश्यक भएकोमा अध्ययनकर्ताले जोड दिएका छन् ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-28 07:18:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts