चन्द्रनिघण्टुको चौथो संस्करण बजारमा ल्याउदै बैद्यखाना



Download our app to get more features

काठमाडौ, २६ जेठ । आर्युर्वेद चिकित्सा पद्धतिबारेको हस्तलिखित ग्रन्थ चन्द्रनिघण्टुको चौथो  संस्करण चाडै बजारमा आउने भएको छ । नेपाली, संस्कृत, नेवारी तथा अंग्रेजी भाषामा लेखिएको उक्त संस्करण सिंहदरबार बैद्यखाना विकास समितिले बजारमा ल्याउन लागेको हो ।

उक्त पुस्तकको छपाई देखि लिएर सम्पुर्ण तयारी भइसकेकाले असारको पहिलो हप्ता भित्र बजारमा पुग्न समितिका प्रवन्ध निर्देशक एवं चन्द्रनिघण्टु प्रकाशन समितिका सदस्यसचिव डा. राजेन्द्र गिरीले बताए । 
राणाकालीन समयमा लेखिएको यो ग्रन्थ आर्युवेद चिकित्साको एक महत्वर्पूण कृति मानिन्छ । यस ग्रन्थमा विभिन्न रोगको उपचारका लागि प्रयोग गरिने आर्युवेद चिकित्सा पद्धति एवम् जडीबुटीबारे चर्चा गरिएको छ । 
आयुर्वेदमा स्वास्थ्यको रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने द्रव्यहरुको स्वरुप, परिचय, उपयोग, गुण कर्म आदि विवेचना सहितको संग्रहयुक्त कोष नै चन्द्र निघण्टु हो । निघण्टु नेपालका तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा तयार गरिएकोले यसको नाम चन्द्रनिघण्टु रहन गएको हो ।

निघण्टुमा नेपालमा उपलव्ध ८ सय बढी जडिबुटीहरु र झण्डै २ दुई सय खनिज तथा जान्तव द्रब्यहरुको परिचय तथा उपयोगिता रहेको समितिका निर्देशक डा. गिरीले बताए । उनले  नेपाल जस्तो जडिबुटी तथा खनिजले सम्पन्न मुलुकमा अध्ययन तथा उत्खननमा यो ग्रन्थले महत्वपूर्ण टेवा दिने बिश्वास ब्यक्त गरे । 

यसअघि तिन संस्करण प्रकाशित गरिसकेको समितिले प्रति संस्करण यसको मुल्य व्यक्तिगत दुई हजार र संस्थागत २ हजार पाँच सय तोकेको छ भने बिदेशीको लागि प्रति भोलूमको ६० डलर मूल्य राखेको जनाएको छ । 

Last modified on 2017-06-11 13:05:12

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts