महिलाका लागि पनि जरूरी छ हस्तमैथुन, जानौं



Download our app to get more features

मास्टरबेशन अर्थात् हस्तमैथुन...यो एक यस्तो चीज हो, जसलाई हाम्रो समाजमा सहज रुपमा स्वीकार गरिँदैन । नैतिक रूपले मानिसले यसलाई गलत मान्ने गर्छन् र शरीरमा यसको नकारात्मक असर पर्छ भन्ने ठान्छन् । उसो त मास्टरबेशन अर्थात् हस्तमैथुन कुनै नयाँ कुरा होइन, बरु १८ औं शताब्दीमा यसको बारेमा पहिलो पटक सुनिएको थियो ।
 
हस्तमैथुनका फाइदा 
इन्डियाना यूनिभर्सिटीका नैशनल सर्वे अफ सेक्शुअल हेल्थ ऐन्ड बिहेवियरका अनुसार २५ वर्षदेखि २९ वर्षका मात्र ७ दशमलव ९ प्रतिशत महिला हफ्तामा २ देखि ३ पटक हस्तमैथुन गर्ने गर्छन् । जबकि २३ दशमलव ४ प्रतिशत पुरुष हफ्तामा २ दखि ३ पटक हस्तमैथुन गर्छन् । यो अध्ययन २०१४ मा गरिएको थियो । Sex Rx: Hormones Health And Your Best Sex Ever की लेखिका र नर्थवेस्टर्न यूनिभर्सिटी स्थित अब्स्टेट्रिक ऐन्ड गाइनकोलोजीमा असोसिएट प्रोफेसर डा. लरेन स्ट्रीचरले २०१६ मा एक अन्र्तवार्ताका क्रममा हस्तमैथुनको फाइदाका बारेमा बताएकी थिइन् र भनेकी थिइन् की सबै महिलालाई हस्तमैथुन गर्नु पर्छ । 

किन गर्ने हस्तमैथुन ? जानौं

खुशी प्राप्त हुन्छ
स्ट्रीचरका अनुसार, प्लेजरले खुशी प्राप्त हुन्छ । हस्तमैथुन गर्नाले अर्गेज्म हुन्छ र अर्गेज्मको अवस्थामा डोपामीन र अक्सिटोसिन नामक ऐन्डोमर्फीन रिलीज हुन्छ जसले मुडलाई राम्रो बनाउँछ र खुशी प्राप्त गर्नमा सहयोगी हुन्छ ।

सेक्शुअल टेन्सन समाप्त गर्नमा सहयोगी 
मास्टरबेशनले सेक्शुअल टेन्सनलाई समाप्त गर्छ र तनावलाई पनि कम गर्छ । त्यस बाहेक हस्तमैथुनले राम्रो निद्रा पनि हुन्छ ।

पेल्विक मांसपेशी बनाउँछ बलियो 
हस्तमैथुनले पेल्विक र ऐनल रीजनका मांसपेशीलाई बलियो बनाउने काम गर्छ र यसले सेक्स सम्बन्धी अन्य समस्याबाट पनि उपचार गर्नमा मद्दत गर्छ ।

महिनावारी र शरीर दुखाईमा आराम
स्ट्रीचरका अनुसार, स्वयंलाई उत्तेजित गर्ने क्रममा यदि यूट्राइन कन्ट्र्याक्शन अनुभव हुन्छ भने यसले महिनावारीको रगत सजिलै बाहिर आउँछ । जसले महिनावारीको बेला हुने पेट दुखाई र शरीर बाउडिने समस्यामा पनि राहत दिलाउँछ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-04-01 06:27:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts