गर्भवति महिलाले धुम्रपान गरे हुन्छ यी १० हानी...



Download our app to get more features

धुम्रपान मानव स्वास्थ्यका लागि हानिकारक छ । त्यसमाथि पनि धुम्रपान गर्ने महिला गर्भवति छिन् भने उनको पेटमा हुर्कँदै गरेको बच्चालाई पनि त्यसको असर पर्ने हुनाले गर्भवती महिलाले धुम्रपानको लत तत्कालै छोड्नु आवश्यक हुन्छ । आफुले सेवन गर्ने धुम्रपानले पेटको बच्चालाई कस्तो असर पुग्छ भन्ने जानकारीको अभावमा गर्भवती महिलाहरु धुम्रपानको लतबाट बाहिर निस्कन सकेका हुँदैनन् ।

गर्भवती महिलाले किन धुम्रपानको लत त्याग्न जरुरी छ ? जानीराखौं १० मुख्य कुरा...

  • धुम्रपानले गर्भवती महिलाको पेटमा हुर्कँदै गरेको सन्तानमा पर्याप्त मात्रामा अक्सिजन पुग्न सक्दैन र स्वासप्रश्वासको समस्या देखिन सक्छ । 
  • धुम्रपानले गर्भमा रहेको सन्तानको मुटुको धड्कनमा समस्या पर्छ ।
  • मुटुको चालमा असर पार्छ । 
  • गर्भ तुहिनुको साथै मृतसन्तान जन्मने सम्भावना बढी हुन्छ । 
  • समय अगावै सन्तान जन्मने तथा कम तौल भएको सन्तान जन्मन सक्छ । 
  • अंगभंग भएको बच्चा जन्मन सक्छ । 
  • त्यसको विकासमा अवरोध पुर्याउँछ । 
  • तौल वृद्धिमा रोकावट हुन्छ ।
  • रोग प्रतिरोधी क्षमतामा ह्रास हुन्छ । 
  • सुस्तमनस्थितिको बच्चा जन्मन सक्छ । 
  • यसले फोक्सोलाई असर गर्दछ । चुरोटबाट निस्कने धुवाँ फोक्सोमा जम्मा हुदै जान्छ । जसले भविष्यमा फोक्सोको क्यान्सर निम्त्याउन सक्छ ।
Last modified on 2019-04-01 06:28:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts