हावाहुरी पीडित महामारी र रोगबाट कसरी जोगिने ? यस्ता छन् उपाय



Download our app to get more features

बारा र पर्सा सहितका स्थानमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । सैयौं घाइते भएका छन् । हजारौंको संख्यामा पशु चौपाया मरेका छन् । हजारौं मानिस घरबार विहिन अवस्थामा छन् । यस अवस्थामा त्यस क्षेत्रका पीडित महामारी र रोगबाट जोगिन सक्छन् भन्नेबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक एवं सरुवा रोग विशेषज्ञ डा.वासुदेव पाण्डे यस्ता सुझाव दिन्छन्:

– सबैभन्दा पहिले शुद्ध खानेपानीको व्यवस्था गर्नु पर्छ । पानी पिउने मन छ भने नजिकैको स्वास्थ्यकर्मीलाई पानी शुद्धिकरण गरिदिनका लागि आग्रह गर्नुपर्छ । शुद्ध खानेपानी भएन भने झाडापखाला लाग्ने सम्भावना बढि हुन्छ ।

– तिव्र गतिमा अहिले राहतको लागि भन्दै सुक्खा तयारी खाना वितरण गरिँदैछ । जसले स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउन सक्छ । त्यस कारण स्थानीय वा प्रदेश वा केन्द्र सरकारले सामान्य साधारण खानाको व्यवस्था गर्नुपर्छ । यदिन चाउचाउ, दालमुठ, च्यूरा जस्ता खाने कुरा दिइएको छ भने त्यसलाई सकेसम्म पकाएर, च्यूरालाई पानीमा भिजाएर मात्रै खानुपर्छ ।

– पशु चौपायाहरु मरेका छन् । तीनको खोजी गरि जति सक्दो चाँडो तीनलाई माटोमा पुर्नुपर्छ । अन्यथा त्यसबाट महामारी फैलिँदा अर्को समस्या निम्तिन सक्छ ।

– गर्भवती, सुत्केरीहरुको आहारमा विशेष ध्यान दिनुपर्छ । उनीहरुलाई पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ । साथै घामपानी र धूलो धुवाँबाट जोगाउनुपर्छ । 

– बालबालिका र वृद्धवृद्धाको खानपानमा ध्यान दिनुपर्छ । सुक्खा खाना खाँदा उनीहरुले पचाउन नसक्दा बिरामी हुने समस्या आउन सक्छ । 

– चोटपटक लागेको छ र स्वास्थ्यकर्मी पुग्न सकेको छैन भने आफैंले सफा पानीले घाउ पखालेर स्वास्थ्य क्याम्पमा गएर उपचार गराउनु पर्छ ।

– चोटपटक लागेको छ भने त्यसलाई वेवास्ता गर्नु हुँदैन । किनकी फलामले काटेको हुन सक्छ वा अन्य केहिले काटेको वा चोट लागेको अवस्थामा सकेसम्म हेल्थ क्याम्पमा गएरै उपचार गराउँदा टिटानस वा अन्य खतराबाट जोगिन सकिन्छ ।

– बाहिर खेतमा वा अन्य पानी जमेको स्थानमा भएका माछा वा अन्य फोहोर देखिएको खानेकुरा खानबाट जोगिनु पर्छ ।


 

Last modified on 2019-04-04 06:05:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts