बालबालिकाको मुटु दह्रो बनाउने हो ? खजूर खुवाउनुहोस् 



Download our app to get more features

खजूर एक पौष्टिक फल हो ।

जुन स्वास्थ्यका हिसाबले निकै लाभदायक छ । खजूरमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्व भरपुर पाइन्छ । खजूरलाई दुधमा भिजाएर खाँदा स्वास्थ्यलाई अझ धेरै फाइदा गर्छ । 

खजूरका फाइदा
– खजुरलाई हरेक बिहान नास्तासँग खान सकिन्छ । तर रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाह अनुसार मात्रै खजूर खाँदा राम्रो हुन्छ । 

– पाँच ओटा खजूरलाई एक गिलास दुधमा राखेर १० मिनेट मन्द रापमा धेरै बेरसम्म उमालेपछि त्यो दुधलाई पिउनाले शरीर सुसंगठित हुन्छ । 

– जुन मानिसलाई लगातार पिसाब लाग्ने समस्या छ त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले समस्या समाधान हुन्छ ।

– गर्भवती महिलाले खजूर खानाले तागत आउँछ । साथै शरीरमा रगतको कमी हुन दिदैन ।

– शरीरमा आलस्यता वा थकान लागेको बेला खजूर खाँदा शरीरमा  उर्जा प्राप्त हुन्छ ।

– कमजोर मुटु भएका बालबालिका राती डराउँछन भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ । 

– यदि श्वासप्रश्वासमा समस्या छ भने खजूर खानाले यो समस्या कम हुन्छ ।

– रुघाखोकीले बारम्बार सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र  एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी ठिक हुन्छ । 
 

Last modified on 2019-04-03 10:36:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts