जीवनशैलीको कारण यौनरोग, जोगिनुस् यी कुरामा 



Download our app to get more features

काठमाडौं, २२ चैत ।  विज्ञान र प्रविधिले मानिसको जीवनशैली सहज बनाए पनि आफ्नो अस्तव्यस्त जीवनशैली र व्यस्तताले अहिले मानिसको स्वास्थ्य र सेक्स लाइफमा भयावह पैदा गरेको छ । विश्वमा धैरै मानिसहरु यौन रोग जस्तो खतरनाक रोगको सिकार हुन पुगेको छ ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् आईसीएमआर र अमेरिकाको क्यालिफोर्निया युनिभरसिटीले गरेको एक अध्ययन अनुसार ८० प्रतिशत मानिस कुनै न कुनै प्रकारको यौन रोगको सिकार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त अध्ययनअनुसार दम्पतीहरुलाई सामाजिक, पारिवारिक स्थिति, रोग, लैंगिक व्यवहार, एचआईभी वा अन्य यौन रोगको वारेमा प्रश्न सोधिएको थियो । जसमा २८ प्रतिशत मानिस आफ्नो साथीको कारण यौन रोगको सिकार भएको जनाएको थियो ।

उक्त अध्ययनमा भाग लिएका दम्पतीहरुमा अधिकाशं पुरुष इरेक्टाइल डिसफंक्शन, एचआईभी र गोनोरियाबाट पीडित देखिन्थ्यो । परिक्षणमा एकतिहाई महिलामा ट्राइकोमोनास बैजाइनलिस रोग पाएको थियो ।

जर्नल अमेरिकन मेडिकल एसोसिएशन (जामा) मा प्रकाशित लेख अनुसार १८–५४ वर्षको स्त्री र पुरुष विच गरेको सर्वेक्षणमा ४३ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष लैंगिक समस्याले ग्रसित थियो ।

जीवनशैली र यौन

मानिसको सेक्स लाइफ उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्ने वित्तिकै पहिलो प्रभाव उसको सेक्स लाइफमा परेको हुन्छ ।

आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिन मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफूड खाना र रातीसम्म पार्टि धुम्रपान र मद्यपनको सेवनले मानिसको सेक्स लाइफमा नकारात्मक प्रभाव पारेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन सक्छ ।

जति तीव्र गतिमा विज्ञानले सुख सुविधा दिएको छ त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरु पनि बढ्दै गएको छ ।

जीवनशैली र प्रजनन क्षमता

आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ ।

बेलायतमा भएको एक अध्ययन अनुसार ५० वर्ष अघि १ मिलिलिटर वीर्यमा शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने आज यो घटेर ४ करोड ७० लाख पुगेको छ ।

शुक्राणुको संख्या घट्नुका साथै यसमा पाईने गुणमा पनि कमी आएको छ । परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ ।

यदि पुरुषले धुम्रपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको खण्डमा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने जानकारीहरु बताउँछन् ।

विवाहपुर्व यौन सम्बन्ध

समाज विकशित भएसँगै मानिसमा यौन सम्बन्धलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ ।

विवाह पुर्व नै यौन सम्बन्ध राख्नु साधारण कुरा भएको छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ ।

यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ तुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ ।

धुमपान र नशालु पदार्थको प्रयोग

मध्यरात सम्म पार्टिमा धुम्रपान र मद्पानको प्रयोगले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ ।

धुम्रपान गर्ने पुरुषमा नपुंसक हुने सम्भावना धेरै पाएको छ । धुम्रपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ ।

धुम्रपान गर्ने महिलामा मेनोपौज हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मासिक धर्मसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।

शारीरिक श्रमको अभाव

व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउँदैन ।

शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तिमा पनि विहानको समयमा १ घण्टा शारीरिक व्यायाम गर्नु पर्छ । यसले मानिसको डिप्रेसन, पाचन प्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट मुक्त हुन सकिन्छ ।

तर अहिलेको जीवनशैलीले मानिसमा अल्छीपना उत्पन्न गरेको छ । शारीरिक व्यायामको अभावले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ ।

एउटा गैरसरकारी संस्थाले आधुनिक जीवनशैलीले ग्रसित १ हजार महिला, पुरुष र बालबच्चामा गरेको अनुसन्धानमा ७७ प्रतिशत पुरुष, ६३ प्रतिशत महिला र ७५ प्रतिशत बच्चाहरु दिनमा ३० मिनेट पनि शारीरिक व्यायाम नगरेको पाइएको छ ।

खानपान र निन्द्रा

विहान ओछ्यानबाट उठ्ने वित्तिकै चिया पिउनुपर्ने र अफिसको लागि दौडिहाल्ने वानीले गर्दा पनि स्वास्थ्यमा प्रभावित पारेको हुन्छ ।

शरीरको लागि आवश्यक पौष्टिक तत्वको अभावले डायविटिज, क्यान्सर, मोटोपन जस्तो रोग निम्त्याउने गर्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको उर्जा पनि कमी देखाउँछ । स्वस्थ पौष्टिक आहार र राम्रो निन्द्राले मानिसमा रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ ।

विशेषज्ञको सल्लाह

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर यौन सम्बन्धसँग सम्बन्धित कुरा मनोविज्ञान डाक्टर के आर धरले यस्तो भनेका छन्– परिवर्तनशिल जीवनशैलीमा कामको व्यस्तताले सेक्स जस्तो महत्वपूर्ण क्रियासँग पर भाग्दै गएको छ ।

उनीहरुमा यौन सम्बन्धको इच्छामा कमी आउको छ । दम्पतीमा शारीरिक आकर्षणको अभावले सेक्स सम्बन्धि समस्या निम्त्याएको छ ।

केही दम्पती आफ्नो सेक्सुअल लाइफ आफ्नो स्तरमा संतुष्ट बनाउनको लागि पोर्न भिडियो वा सेक्स टोयको प्रयोग गर्दछ तर यो तरिका एकदम गलत हो ।

स्वस्थ सेक्सको अभावले अनेक शारीरिक समस्या उत्पन्न गरेको हुन्छ । यौन शिक्षाको अभाव र समाजमा यौनसँग सम्बन्धी केही पनि कुरा खुलेर कुरा गर्न हिचकिच्याएको हुन्छ ।

यस्तो परिस्थितिमा यौन विशेषज्ञको सरसल्लाह लिनु उपयुक्त हुन्छ ।

एजेन्सी

Last modified on 2019-04-06 06:05:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts