शरीरमा मुसा किन आउँछ? यस्ता छन् कारण



Download our app to get more features

मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने गर्छ । त्यसमध्ये पनि मुसा आउने समस्याका कारण धेरै मानिस चिन्तित हुनन्छन् । तपाईं मध्ये धेरैको हात गोडा तथा शरीरका विभिन्न भागमा मुसा आएको हुनसक्छ । तर शरीरमा मुसा के कारणले आउँछ भन्ने बिषयमा भने आम मानिसलाई जानकारी नहुन सक्छ ।  

मुसा एक प्रकारको भाइरल संक्रमण हो । यो हरेक उमेर समुहका मानिसलाई हुन सक्छ । यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारणले पनि सामान्य रुपमा लिइन्छ । तर, मुसा आउँदा शरीरका भित्री अंगहरुमा असर गर्दैन । यो भाइरसबाट लाग्ने भएकाले शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलने भएकाले शरीर कुरुप देखिने जटिल समस्या बन्न सक्छ ।  

मुसालाई अंग्रेजीमा Wart पनि भनिन्छ । यो ‘ह्युमन पेपिलोमा’ भन्ने भाइरसका कारण लाग्छ । मुसा एक सय भन्दा बढी प्रकारको हुन्छ । यो शरीरको शिरदेखि पैतालासम्म आउन सक्छ । यसका प्रकारलाई विभिन्न नम्बरले विभाजन गरिन्छ । हात खुट्टामा आउने मुसा १ र २ नम्बरको हुन्छ भने शरीरको अन्य भागमा आउने मुसालाई ६, ११, १६ र १८ नम्बरले चिनिन्छ ।  

१६ र १८ नम्बरको मुसा भने रगत तथा यौन सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा सर्ने हुन्छ । मुसा भाइरल संक्रमण भएका कारण एक अंगबाट अर्को अंग र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।  

कतिपय अवस्थामा शरीरमा देखापर्ने मुसा आफैं आउने र निको हुनेसमेत हुन्छ । यस्तो हुनुको कारण भने मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो हुने मानिसमा मुसाको संक्रमण देखापरे पनि विस्तारै हराउँदै जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर हुने मानिसमा भने यसलै धेरै नै सताउने हुन्छ ।

मुसा आउने समस्या सामान्य भएपनि यसले दैनिक जीवनमा ठुलै असर पारीरहेको हुन्छ । तसर्थ यसको बेलैमा उपचार गरे बिस्तारै छुटकारा पाउन सकिन्छ । मुसा आउने समस्याको उपचार उमेर, मुसाको प्रकृति र कुन अंगमा मुसा आएको छ त्यस अनुसार गरीन्छ । 

एकपटक मुसाले शरीरमा जरा गाडीसकेपछि सजिलै भने हटाउन गार्होे हुन्छ । तर, मेडिकल र सर्जिकल विधिबाट यसको उपचार सम्भव छ । त्यस्तै पछिल्लो समय लेजर थेरापी प्रविधि पनि यसको उपचारमा उत्तिकै प्रभावकारी मानिन्छ ।

Last modified on 2019-04-07 10:20:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts