ओम समाज डेन्टलको निशुल्क दन्त शिविर, पाँच सयले लिए सेवा 



Download our app to get more features

काठमाण्डौ,२४ चैत । ओम समाज डेन्टलले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत एक दिन दन्त शिविर सञ्चालन गरेको छ । अस्पतालले बुढानिलकन्ठ नगरपालीका, ११ कपनमा, कमान शान्ति समाज एवम एकादशी महिला समूह सँग सहकार्य गरी निःशुल्क दन्त शिविर सञ्चालन गरेको जानकारी गराएको छ । 

आधुनिक सुविधा सम्पन्न एम्बुलेन्समा आयोजना गरेको शिविरमा करिब तिन सय जनाको दाँत परिक्षण गरिएको छ । अवस्था हेरी केहीलाई थप उपचारको लागि सुझाव दिएको अस्पतालले जनाएको छ । शिविरमा डा.सुवास घिमिरे, डा. अनुप्रिया शाहा, डा. आरती शर्मा, डा, पुजा जोसी, हाईजिनिस्ट सरोज महरा , असिस्टेन्ट सावित्रा निरौला, मिना शेर्पा र दिनेश अधिकारीको टिमले उपचार गरको थियो। साथै शिविरमा स्त्री रोग विशषज्ञ डा ःसीता पोखरेलको टिमले पनि करिव दुई सय जनाको उपचार गरेको अस्पतालले जनाएको छ ।

ओम समाज डेन्टल अीपतालका व्यवस्थपक डाः सुवास घिमिरेले दाँतको उपचार गर्न जोड दिएका छन् । उनले कपन शान्ति विकास समाजको क्यालेन्डर बिमोचन गरेका थिए । कार्यक्रमा यस समाजका अध्यक्ष मदन प्रसाद गौतमले यस क्षेत्रका बुद्धिजिवी तथा विभिन्न  सहभागिहरुलाई धन्यवाद दिएका थिए । 

 

 

Last modified on 2019-04-07 12:26:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts