विश्व स्वास्थ्य दिवसः नेपाल क्यान्सर अस्पतालमा क्यान्सर परीक्षणमा ३५ प्रतिशत छुट



Download our app to get more features

काठमाडौं, २४ चैत । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले विश्व स्वास्थ्य दिवसको अवसर पारेर क्यान्सर परीक्षणमा भारी छुट दिएको छ । 

विश्वव्यापी स्वास्थ्य सेवाः सबैका लागि सबैतिर भन्ने नाराका साथ मनाइँदै गरेको दिवसको अवसरमा अस्पतालले क्यान्सर परीक्षणमा छुट दिएको हो । अस्पतालले सामान्य क्यान्सर परीक्षण, प्यापस्मेयिर जाँच, स्तन क्यान्सर परीक्षण लगायतमा छुटको व्यवस्था गरेको हो । 

यसअघि अस्पतालले मुखको क्यान्सर सम्बन्धी बहिरंग सेवालाई अप्रिल महिनाभर निःशुल्क बनाएको छ । मुखको क्यान्सर सम्बन्धि सचेतना महिनाका रुपमा अप्रिलभर मुखको क्यान्सर सम्बन्धी ओपिडी निःशुल्क गरिएको हो । 

Last modified on 2019-04-07 14:50:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts