छिटो छिटो मौसम परिवर्तन स्वास्थ्यका लागि घातक



Download our app to get more features

केहि दिनदेखि मौसम परिवर्तन भइरहेको छ । त्यसमा पनि काठमाडौंबासीले बिहान बेलुका निकै चिसो र दिउँसो पसिना आउने गर्मी महशुस गरिरहेका छन् । यसबाहेक काठमाडौंको बढ्दो प्रदुषण रोकिने हुने छेकछन्द नै छैन । यस्तो मौसम बालबालिका र वृद्धवृद्धाका लागि मात्रै होइन जवान व्यक्तिका लागि पनि राम्रो मानिदैन । यस्तो मौसममा हुन सक्ने संक्रमणबाट जोगिन चिकित्सकहरूले निम्न सुझाब दिएका छन् :—  

यस्तो मौसममा स्वाइन फ्लूको जोखिम पनि उच्च हुने भएकाले घरबाट बाहिर निस्कने समय मास्क लगाउन बिर्सनु हुँदैन । गर्भवतीले त हरेक ६ महिनामा स्वाइन फ्लूको सुई लगाउनु पर्छ । हात सँधै सफा राख्नुपर्छ । केही वस्तु छोएपछि हात धुन नबिर्सनुस् ताकि किटाणु शरीरको अन्य भागमा नफैलोस । 

यस्तो मौसममा खानपिनमा मानिसको रुची बढ्ने गर्छ । तर, जथाभावी खानपिन गर्दा वान्ता हुने, झाडा पखाला लाग्ने हुनसक्छ । जसले गर्दा फूड पोइजनिंग पनि हुनसक्छ । 

यो मौसम बच्चाका लागि निकै संवेदनशील हुन्छ । केही अभिभावकले यो मौसममा बच्चालाई आवश्यता भन्दा बढी लुगा लगाइदिने गर्छन् । जसले गर्दा उसलाई छाला सम्बन्धी समस्या हुन सक्छ । बच्चाको सरसफाईमा पनि राम्रोसँग ध्यान दिनु आवश्यक हुन्छ । 

गर्भवती वा बच्चाहरू साँझ बिहान जाडोको समयमा राम्रोसँग ढाक्ने न्यानो लुगा लगाएर बाहिर निस्कनु पर्छ । बच्चालाई न्यानो लुगा लगाउने गर्नुपर्छ जसले इन्फेक्सनबाट जोगाउन सकिन्छ । बच्चामा इम्युनिटी पावर कम हुन्छ । त्यसैले उनीहरु इन्फेक्शनको चपेटामा चाँडै पर्छन । 

मधुमेह रोगीले विशेष सजगता अपनाउनु पर्छ
यस्तो मौसममा डायबीटीज (मधुमेह) बाट पीडित व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ । सुगरबाट परहेज गर्नुपर्छ र औषधि नियमित सेवन गर्नुपर्छ । अन्यथा उनलाई जुनसुकै बेला अप्ठयारो (अट्याक) पर्न सक्छ । अट्याक ब्रेनको वा मुटुको पनि हुन सक्छ । त्यसैले खानपानको विशेष ध्यान दिनु पर्छ । पुरै परहेज र नियमित व्यायाम गर्नुपर्छ । यदि अल्कोहलजन्य पदार्थ सेवन गर्नु हुन्छ भने यो मौसममा पूर्ण रुपले सेवन गर्न छोड्नु नै उत्तम हुन्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-04-09 13:20:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts