ओम समाज डेन्टलको निःशुल्क दन्त शिविरः ३ सयको परीक्षण



Download our app to get more features

काठमाडौं, २७ चैत ।  चावहिलस्थित ओम समाज डेन्टल अस्पतालले निःशुल्क दन्त शिविर संचालन गरेको छ । 

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बुढानिलकण्ठमा, कपनको साम्तेन मेमोरियल एजुकेसन अकाडेमीमा नि:शुल्क दन्त शिविर  सञ्चालन गरेको हो ।

उक्त विद्यालयको बार्षिक उत्सवको अवसरमा आयोजित शिविरमा अस्पतालले विद्यार्थी, अभिभावक, शिक्षक  गरी करिब ३०० जनाको दाँत, मुख र गिजाको  परिक्षण गरेको छ । 

 केहीको स्केलिङ, फिलिङ र एक्ट्रकसन   गरेको  र  केहीलाई  थप उपचारको लागि सुझाव दिएको अस्पतालले जानकारी दियो ।  

अस्पतालका डा सुवास घिमिरेले शिविरको व्यवस्थापन र नेतृत्व गरेका  थिए भने अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलिले उपचार गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts