नयाँ वर्षको अवसरमा काठमाडौं न्युरो अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



Download our app to get more features

काठमाडौं, २८ चैत । नयाँ वर्षको अवसरमा काठमाडौं न्युरो तथा जनरल अस्पतालले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान हुने यो शिविर एक हप्ता सम्म संचालन हुने अस्पतालले जनाएको छ । शिविर ०७६ वैशाख २ सोमबार देखि वैशाख ८ गते सम्म अस्पताल परिसर सुन्धारामा सञ्चालन हुने छ । 

शिविरमा नशा तथा स्नायु रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी रोग, दन्त रोग , मुटु रोग, दम तथा छाती रोग , छाला तथा यौन रोग,  मानसिक रोग तथा जनरल फिजिसियन सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । 

अस्पतालले शिविरको अवसरमा फार्मेसी, प्याथोलोजी सेवा,एम.आर.आई, मुटुको भिडियो एक्स रे, पेटको भिडियो एक्स रे, ई.ई.जी, एक्स रे सेवा, इसिजी, एन.सी.टि सेवामा विशेष छुटको व्यवस्था गरेको छ । 

नाम दर्ता फोन मार्फत पनि गरिन सकिने छ । जसका लागि अस्पतालको फोन नं. ०१-४२५५३३०, ४२२७७३५ मा सम्पर्क गर्न सकिन्छ । 
 

Last modified on 2019-04-12 08:30:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts