यौन सम्बन्ध राखि सकेपछि पार्टनरले ध्यान दिनुपर्ने यस्ता छन् ५ कुरा ...



Download our app to get more features


सेक्स लाइफ कस्तो हुनुपर्छ ? बेस्ट सेक्स ड्राइभका लागि के खाने र के नखाने ? यस्ता कैयौं प्रश्न र सल्लाह कपल्सलाई दिने गरिन्छ ताकि उनले आफ्नो शारीरिक सम्बन्धलाई सुधार गर्न सकुन् । तर, के तपाईंलाई थाहा छ, इन्टिमेट भइसकेपछि कपल्सलाई सबैभन्दा पहिले के कुरामा ध्यन दिनुपर्छ भनेर ? जानौं....

सेक्स पश्चात टोइलेट जानुु
यौन सम्बन्ध राखि सकेपछि सबैभन्दा पहिले कपल्सलाई टोइलेट जानु पर्छ । किनकी सेक्सको क्रममा ब्याक्टेरिया यूरिथ्रा यानी मूत्रमार्ग सम्म जान सक्छ र इनफेक्शन हुने खतरा हुन्छ । त्यसकारण टोइलेट गएर आफ्नो गोप्य अंगको राम्रो सँग सफाई गर्नुपर्छ । 

पानी पिउने
सेक्सको तुरुन्त टोइलेट गएर आइसकेपछि कम से कम एक गिलास पानी पिउनुपर्छ र यो नियमित २ देखि ३ घन्टाको अन्तरालमा गर्नुपर्छ । यसले सभै प्रकारको ब्याक्टेरिया शरीरबाट बाहिर निस्कन्छ र इन्फेक्शन हुने खतरा पनि कम भएर जान्छ । 

गर्भवती महिलाले ध्यान दिनुपर्ने
यदि तपाई गर्भवती हुनुहुन्छ र तपाईं आफ्नो पार्टनर सँग सम्बन्ध बनाउन चाहनुहुन्छ भने तपाईंलाई यूटीआई इन्फेक्शन हुन सक्छ । त्यस कारण सेक्स पछि केहि आधारभूत कुरामा ध्यान राख्नुहुन्छ ।

सेक्स टोयजको सफाई
यदि यौन सम्बन्धको क्रममा कपल्सले प्रयोग गर्ने सेक्स टोयजÞलाई पनि प्रयोग पश्चात राम्रो सँग सफा गर्नुपर्छ । तर, ध्यान रहोस की ती सेक्स टोयजको सरसफाई त्यसको प्याकेटमा दिइएको निर्देशन अनुसार नै गर्नु पर्छ ।

जलन वा चिलाउने भयो भने डाक्टरसँग सल्लाह लिने 
सेक्स पश्चात यदि तपाईंको गोप्य अंगमा जलन, सेतो पानी बग्ने वा चिलाउने भयो भने तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ । साथै आफ्नो गोप्य अंगको सरसफाईपनि राम्रो सँग गर्नुपर्छ ।

 

(एन्जेन्सीको सहयोगमा)

Last modified on 2019-04-13 17:41:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts