हिमोफिलियाका हुनुका यस्ता छन्  कारण



Download our app to get more features

काठमाडौं, ११ वैशाख । शरीरमा हुने अनियमित रक्तस्राव रोक्न आवश्यक तत्वहरू (क्लटिङ फ्याक्टर) कमी हुँदा हिमोफिलिया हुन्छ।

हिमोफिलिया एक्स क्रोमोजोमबाट सर्ने वंशाणुगत रक्तस्राव सम्बन्धी विकृति हो।

महिलामा हिमोफिलिया नदेखिनु दुई एक्स क्रोमोजोमले आवश्यक पर्ने रक्त तत्वहरू उत्पादन गर्नाले हो।

पुरुषमा भएको वाई क्रोमोजोमले यस्ता क्लटिङ फ्याक्टर उत्पादन गर्दैन।

हिमोफिलियाको वंशाणु भएकी  (वाहक) महिलाको गर्भबाट छोरा हिमोफिलिक र छोरी वाहक हुने हुन्छ।

रक्तश्राव हुने अङ्ग

जोर्नी, मांसपेशी, मस्तिष्क, पेट, घाँटी र मुखको भित्री भागहरू नाक, मुख, गिंजा (रक्तस्राव पछि नीलडाम देखिने, सुन्निने, दुख्ने हुन्छ।)

जोखिमबाट बच्ने उपाय

खोप दिंदा बच्चालाई छालाको मुनि मात्र ९सबक्युटानियस० दिनुपर्दछ। पाँच मिनेटसम्म थिचेर राख्नुपर्दछ।

बच्चालाई तीखो, चुच्चो भएको खेलौनाभन्दा कुना मिलेको नरम खेलौना दिनुपर्दछ।

भर्खर हिंड्न जानेको बच्चाको घुँडा वा अन्य अङ्गको बचावट गर्नुपर्दछ।

शरीरमा नीलडाम देखियो भने बाक्लो कपडा लगाइदिनुपर्दछ।

Last modified on 2019-04-24 11:59:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts