दाँत दुखाई रोक्ने यस्ता छन् केही घरेलु उपाय 



Download our app to get more features


काठमाडौ, १३ काठमाडौं ।  अनुहारका लागि मुख्य सौन्दर्य हो, दाँत  । तर कहिलेकाही दाँतमा समस्या आएमा  यसलाई उखेल्नुपर्ने अवस्था समेत आउँछ ।  दाँतमा किरा लाग्दा सहननसक्ने गरी दुख्छ ।  दाँत दुखाई रोक्ने

यस्ता छन् केही घरेलु उपायः 

लसुनः दाँत दुखाइको पीडा न्यून गर्न लसुन एउटा आयुर्वेदिक औषधि हो । लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाउँमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।

ल्वाङको तेलः ल्वाङको तेलमा एन्टिब्याक्टेरियल तत्व हुने भएकाले दुखाइ कम गर्छ । तेलमा हुने इयुजेनोल नामक तत्वले दाँतको संक्रमण कम गर्छ । कटनमा दुई–तीन थोपा तेल मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

बेसारः बेसारमा हुने एन्टिब्याक्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

काँक्रोः काँक्रोमा दुखाई शान्त पार्ने तत्व हुने भएकाले दाँत दुखाईमा यो उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाई कम गर्छ ।

अशोक वृक्षको बोक्राः अशोक वृक्षको बोक्राको धुलो पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

त्रिफलाः हर्रो, बर्रो अमलाको धुलोलाई तातो पानीमा मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको कमा हुन्छ । यसले दाँत कुहिनबाट पनि बचाउँछ ।

तुलसी पातः त्यसो त तुलसीको पातका फाइदाका बारेमा आर्युवेदमा धेरै वर्णन गरिएको पाइन्छ । तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

अदुवाः धेरै रोगको उपचारमा प्रयोग हुने अदुवा दाँतको दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । अदुवालाई थिचेर दुखेको भागमा लगाउँदा यसले दुखाई कम गर्छ ।

अम्बाको पातः अम्बाको पातलाई पेस्ट बनाएर दुखेको ठाउँमा लगाउँदा दाँतको दुखाई कम गर्छ ।

तेल दल्नेः सस्र्युँ, नरिवल र सूर्यमुखीको तेल मिसाएर दाँत दुखेको ठाउँमा मिसाइ १० देखि १५ मिनेटसम्म दुखेको ठाउँमा राख्ने । त्यसपछि मनतातो पानीले कुल्ला गर्ने । दाँतको दुखाई कम हुन्छ ।

हिङः  हिङलाई विभिन्न खानेकुरामा प्रयोग गरिन्छ । हिङमा हुने एन्टिव्याक्टेरियल तत्वले दाँतको दुखाई कम गर्छ ।

पुदिनाको पातः पुदिनाको पात चबाउँदा पनि दाँतको दुखाई कम हुन्छ । पुदिनामा हुने तत्वले दुखाईलाई शान्त पार्छ ।

गहुको पातः गहुँको हरियो पात पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

आलुः आलुको टुक्रालाई पातलो पार्ने र दुखेको ठाउँमा राख्दा शान्त पार्छ ।
 

Last modified on 2019-04-26 10:03:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts