गर्मीमा कपाल हुनेछ झन् चम्किलो, अपनाउनुहोस् यी उपाय...



Download our app to get more features

गर्मी मौसम सुरु भईसकेको छ । यस मौसममा स्वास्थ्य समस्या बढि निम्तिनुका साथै सौन्दर्यसँग सम्बन्धित समस्याले पनि सताउन थाल्छ । त्यस कारण यो मौसममा छाला, कपाल र स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । गर्मीको चर्को घाम र हावामा हुने प्रदूषित तत्वले तपाईंको कपाललाई नोक्सान पुर्याउन सक्छ । जसले तपाईंको कपाल सुक्खा र कमजोर हुन सक्छ । साथै कपाल सम्बन्धी विभिन्न समस्याले पनि सताउन थाल्छ । त्यस कारण गर्मीमा कपाललाई स्वस्थ र चम्किलो बनाउन चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपाय: 

१) गर्मीको मौसममा धेरै पसिना आउनाले टाउकोमा धूलो जम्न जान्छ । जसले कपालमा चायाँ पर्छ र कपाल चिपचिप पनि हुन थाल्छ । यस्तो समस्यामा राहत पाउनका लागि दिनहुँ स्याम्पूको प्रयोग गर्नु भन्दा पनि एक वा दुई दिनको अन्तरालमा स्याम्पूले कपाल धुनु राम्रो हुन्छ । 

२) गर्मीको मौसममा कपालमा हेयर सिरम लगाउनु पर्छ । यसले कपालमा चमक आउनुका साथ घाम र प्रदूषणबाट जोगाउने काम पनि गर्छ ।
 
३) कपालको सुख्खापन हटाउनका लागि हप्तामा एक पटक तेलले राम्रो सँग मसाज गर्नुपर्छ । राम्रोसँग काइयोले कपाल कोर्नुपर्छ ।

४) घाममा बाहिर निस्कनु भन्दा पहिले कपाललाई सल वा स्कार्फले छोपेर हिँड्नुपर्छ । 

५) टाउकोमा मुलायमपना बनाइ राख्नका लागि तपाईंले मास्कको प्रयोग गर्न सक्नुहुन्छ । दहि, अन्डा, केरा आदिले बनेको मास्क प्रयोग गर्न सकिन्छ ।

६) गर्मीको मौसममा कपाललाई मोइस्चरको आवश्यक्ता हुन्छ । त्यसकारण यस मौसममा पनि स्याम्पू गरिसकेपछि कन्डिशनरको प्रयोग गर्नु राम्रो मानिन्छ । सँधै प्रोटिनयुक्त कन्डिशनरको नै प्रयोग गर्नु उचित हुन्छ । तर, कन्डिशनरको प्रयोग गर्दा कपालको जरामा वा टाउकोको तालुमा लगाउनु हुँदैन ।

७) कपाललाई स्वस्थ राख्नका लागि समय समयमा ट्रिम गराईराख्नुपर्छ । यसले हांगा पलाएको कपालबाट राहत मिल्छ र कपाल बढि स्वस्थ हुन्छ । 

 

(सौन्दर्य विद् सरिता शर्मासँगको कुराकानीमा आधारित)

Last modified on 2019-04-29 15:44:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts