अफिसमा तनाव भयो ? यसरी छुट्कारा पाउनुहोस्



Download our app to get more features

आफ्नो जीवनयापनको क्रममा तपाईं काम गर्नुहुन्छ । काम गर्ने क्रममा प्रायः देख्न सकिन्छ कि अफिसमा काम गर्दा तनाव हुन्छ । अफिसमा ८/९ घन्टा काम गर्नुकासाथै कहिलेकाही १२/१३ घन्टा सम्म काम गर्नुपर्छ जसले झन् बढि तनाव उत्पन्न हुन्छ । यस अवस्थामा राति सुतेर केहि समय तनावभन्दा बाहिर त आउन सकिन्छ तर फेरि भोलिपल्ट त्यो तनाव सुरु हुन्छ । यसरी अफिसको तनावको प्रक्रिया चलिरहन्छ । जसले हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ । जसको नतिजा यो हुन्छ की तपाईंलाई विभिन्न रोगले आक्रमण गर्छ भने संक्रमणले पनि आफ्नो चपेटामा लिन्छ । जानौं तपाईंको अफिस तनावलाई कम गर्ने केहि उपाय जसले राहत दिन्छ । 

१) कामको बीचमा आराम लिनेः अफिसमा लगातार काम नगर्नुस् । बीचबीचमा ब्रेक लिने र हिँडडुल गर्नुपर्छ । त्यसबाहेक रिल्याक्स हुनका लागि सिधै केहि समय कर्सीबाट उठेर हाथ चलाउने र आँखालाई पनि आराम दिने । काम गर्ने समय अफिसमा आफ्नो सहकर्मी सँग बीचबीचमा कुरा गर्ने । 

२) कामको सूची तयार गर्नेः अफिसमा दिनभर के के काम गर्ने त्यसको सूचि बनाउनुस् । यसले काममा लाग्ने समय पत्ता लगाउन सकिन्छ र समय व्यवस्थापन हुन सक्छ । त्यसबाहेक हरेक काममा समान समय दिन सकिन्छ । यसले धेरै हदसम्म तनाव कम हुन सक्छ । 

३) एक पटकमा एक मात्र काम गर्नेः अफिसमा एक पटकमा एक मात्र काम गर्नु पर्छ । प्रायः ले काम गर्दा दिनभर नै काम गर्ने वा दिनभर काम गरिरहनु पर्छ भनेर सोच्ने गर्छन् । त्यस्तो अवस्थामा झन् तनाव बढ्न सक्छ । त्यसकारण पहिले आवश्यक काम सकाउनुपर्छ । यसले तपाईंलाई राहत हुन्छ । 

४) काममा ध्यान दिनेः अफिसमा काम गर्ने समय विभिन्न प्रकारले काममा डिस्टर्र्बेन्स हुन सक्छ । जसमा फोन आउने, इमेल आउने हुन सक्छ । यसलाई पटकपटक चेक गर्नाले पनि तनाव बढ्न सक्छ । तपाईंले त्यसका लागि पनि समय मिलाउनुस् र आवश्यक फोनको जवाफ दिने र मेलको जवाफ दिनु पर्छ । जसले गर्दा तपाईं आफ्नो काममा केन्द्रित हुन सक्नुहुन्छ र तनाव पनि कम गर्न सक्नुहुन्छ ।  

५) दिनचर्यामाथि ध्यान दिनेः अफिसको तनावलाई तपाईं अफिसभन्दा बाहिर रहेर पनि कम गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईं दिनहुँ वाकिंगमा जाने र योग गर्नुहोस । त्यसबाहेक दिनहुँ सकिन्छ भने स्विमिगं गर्नुहोस् । स्विमिंगले शरीरमा रगतको सर्कुलेशन सही बनाउँछ र तनाव कम हुन्छ । 


६) पर्याप्त निद्रा: प्रायः जसो देख्न सकिन्छ कि अफिसको तनावका कारण व्यक्तिलाई राति निद्रा आउदैन । यसले तपाईंको तनाव झन् बढि हुन्छ । साथै बिरामी हुने सम्भावना पनि बढ्छ । त्यसकारण निद्रा पर्याप्त मात्रामा लिनु पर्छ । जसले तनाव पनि कम हुन्छ ।

 

(अमेरिकाको कम्युनिटि सर्वे र हार्वड तथा स्ट्यान्फोर्डले गरेको अध्ययनमा आधारित)

Last modified on 2019-04-30 14:35:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts