गर्भावस्थामा तुलसी खानुको फाइदाबारे के तपाईंलाई थाहा छ ?



Download our app to get more features

तुलसी एक औषधिय गुण भएको जडिबुटि हो । जसको प्रयोगले विभिन्न प्रकारको रोगमा राहत प्राप्त हुन्छ । आयुर्वेदमा विशेष महत्वपूर्ण मानिने तुलसीको सेवन गर्भवति महिलाले गरेमा फाइदाजनक हुने विशेषज्ञहरुको भनाई छ । 

तुलसीको कुनैपनि साइडइफेक्ट नहुने हुँदा यो सबैभन्दा सुरक्षित तत्व पनि हो । गर्भावस्थामा यसको नियमित सेवनले संक्रमणको खतरा कम हुन्छ । तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । त्यसबाहेक यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउने र बलियो बनाउने काम गर्छ ।

जानौं गर्भावस्थामा तुलसी खानुको फाइदाबारे:

♦ विभिन्न अध्ययनका अनुसार तुलसीको पातमा रोगसँग लड्ने गुण हुन्छ । तुलसीको पातमा   एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ । जसले गर्भवति महिलालाई विभिन्न संक्रमणको खतराबाट जोगाउने काम गर्छ । 

♦ तुलसीको पात म्याग्नेशियमको राम्रो स्रोत पनि मानिन्छ । जुन बच्चाको हड्डीको विकासको लागि राम्रो हुन्छ । यसमा पाइने म्याग्निजले टेन्शन कम गर्ने काम गर्छ ।

♦ तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । जसले आमा र गर्भमा रहेको शिशु दुवैलाई संक्रमणबाट जोगाउने काम गर्छ ।
 
♦ तुलसीको पातमा पाईने भिटामिन ए गर्भमा हुर्कदै गरेको शिशुको विकासका लागि आवश्यक तत्व मानिन्छ । 

♦ नियमित तुलसीको दुईटा पात खानाले शरीरमा रगतको कमी हुन दिँदैन । गर्भावस्थामा प्रायःजसो महिलालाई रक्त अल्पत्ताको समस्या हुने गर्छ । यस अवस्थामा महिलाले नियमित तुलसीको पात सेवन गर्नाले समस्याबाट राहत प्राप्त हुन्छ ।

 

(भारतीय आयुर्वेद संस्थानद्वारा गरिएको अध्ययनको आधारमा)

Last modified on 2019-05-02 06:28:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts