बर्डफ्लुले धेरै चिन्तित बनाएको छ ?  



Download our app to get more features

काठमाडौं, २० वैशाख । एचफाइभएनवान भाइरसको संक्रमणबाट बर्डफ्लु हुन्छ ।

चराचुरुगींमा संक्रमण गर्ने यो भाइरसले मानिसलाई संक्रमित गरेमा मानिसमा गम्भीर समस्याहरु हुने र अंग प्रत्यंगले काम गर्न नसक्ने समेत बनाउँछ र मुत्युको मुखमा पुर्याउँछ ।

मानिसमा यसले संक्रमण भएमा यसको मृत्युदर उच्च छ । त्यस्तै कुनैपनि भाइरसहरुले आफ्नो स्वरुप परिवर्तन गर्नसक्ने क्षमता राख्दछन् ।

त्यसैले यदि एचफाइभएनवान सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा सर्न सक्ने भएमा जनस्वास्थ्यमा गम्भीर असर गर्छ । त्यसैले यसबारे धेरै गम्भीर चिन्ता हुने गरेको हो । 

के हो एचभाइभएनवान ?

एचफाइएचवान एक प्रकारको अत्याधिक संक्रमण हुने एनफ्लुएंजा भाइरस हो । यसले चराचुरुङ्गीमा श्वासप्रश्वासको समस्या गराउँछ ।

एचफाइभएचवानले मानिसमा कहिलेकाहीं मात्र संक्रमण गर्दछ । तर, यो मासिबाट मानिसमा सितीमिती सर्दैन । जब यसले मानिसहरुमा संक्रमण गर्दछ तब मानिसको मृत्युदर लगभग ६० प्रतिशत हुन्छ ।

किन एचफाइभएनवान इन्फ्लूएंजा भाइरस परिवर्तन हुन सक्छ ?
इन्फ्लूएंजा भाइरसले नियमित आफ्नो वंशानुगत गुणहरु परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा भयानक समस्या हुन्छ । 

कसरी फैलिन्छ एचफाइभएचवान इन्फ्लूएंजा ?

एचफाइभएचवानको लगभग सबै संक्रमण प्रत्यक्ष संक्रिमित वा मृत पंक्षीहरु, वा एचफाइभ एनवान प्रदुषित वातावरणसैग सम्बन्धित हुन्छ ।

यसले मानिसहरुलाई सजिलै संक्रमित गर्दैन, र यो मानिसबाट मानिसमा सामान्यता सर्दैन ।

राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसहरुलाई यो रोग फैलिनसक्ने वा सरेको कुनै पनि प्रमाण छैन । 

मानिसहरुमा यसको उपचार कसरी गरिन्छ ?
 

यो मानिसहरुमा प्रायः गम्भीर रोगको रुपमा विकास भएर देखापर्ने हुँदा सुविधायुक्त अस्पतालमा आकस्मिक तथा सघन उपचार गर्नुपर्ने हुन्छ ।

एन्टिभाइरल औषधि ओसेलटामिभिर ले बिरामीको गम्भिरता घटाउन र मृत्यु रोक्नसक्ने भएकाले यसको प्रयोग गरिन्छ ।

मानिसहरुमा यस इन्फ्लूएंजाका लक्षणहरु के–के ?
उच्च ज्वरो आउनु
खोको लाग्नु
घाँटी दुख्नु
मांशपेशीहरु दुख्नु
शुरुमा पेट दुख्ने, छाटी दुख्ने, पखाला लाग्ने समेत हुनसक्छ

रोकथाम
बिरामी तथा मरेका कुखुरा तथा चराचुरुगींबाट टाढा रहने 

प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजीक देखिए वा आफूलाई बिसंचो महशुस भएमा तत्काल उपचार गराउने 

कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी मासु नचलाउने

कम्तीमा पनि हातमा पञ्जा मुखमा मास्क वा रुपमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ 

कुखुराको मासु राम्ररी पकाएर मात्रै खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ) 

जङ्गली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी र कार्यालयमा तुरुन्त जानकारी गराउने 

इन्फलुएन्जाको कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्ने

Last modified on 2019-05-03 12:36:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts