यौन पार्टनरको रुची जगाउनका लागि अपनाउनुहोस् यी ६ काम 



Download our app to get more features

कामको चाप तथा एकले  अर्कालाई पर्याप्त समय दिन नसक्दा खासगरी शहरमा बस्ने धेरैजसो जोडीमा भावानात्मक उतार उढाव हुने गर्छ ।

यसको सीधा असर पार्टनरसँग ओछ्यान पनि देखिन्छ । यदि तपार्इं पनि यस्तै समस्यामा पर्नुभएको छ भने निम्न काम गर्नुहोस् । 

यौन पार्टनरलाई सजिलो महशुस गराउनुहोस्
यौन स्वास्थ्यसँग सम्बन्धीत शोधहरूले सावित गरिसकोको कुरा यो हो की तनाव तथा थकानले मानिसमा यौनसम्पर्कको रुचीमा कमी ल्याउँछ । यसकारण यौन पार्टनरलाई सहज वातावरण तयार गरिदिनु तपाईका लागि निकै जरुरी कुरा हुन्छ । यसका लागि शुरुवातमा शरीर मालिसबाट गर्न सकिन्छ । 

पाटर्नरमाथि जबरजस्ती नगरौं 
यौन साथीसँग आफ्ना रुची थोपर्ने काम नगरौं । यो समयमा उसका शब्दभन्दा पनि शारीरिक हाउभाउलाई ध्यान दिने गरौं र सोही अनुरुप  व्यवहार गरौं । दुबै जना एक अर्काको नजिकको साथि बन्ने प्रयास गरौं । भावनाहरुलाई बुझ्ने र सम्मान गर्ने गरौं । यसले शारीरिक तथा मानसिक घनिष्ठता बढाउन मद्दत गर्छ ।

आफ्नो तर्फबाट सक्दो पहल गरौं
यदि पाटर्नर तपाईसँग सहज महसुस गरिरहेको छैन् भने आफ्नो तर्फबाट पहल गरौ । जस्तैं चलचित्र हेर्ने, ड्राइभ जाने, रोमान्टिक संगीत सुन्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ । यसले तनावको स्तर निकै तल झार्न सक्छ । 

प्रसस्त आपसी संवाद गरौं 
सम्बन्धका खुलापन तब आउँछ जब आपसी संवाद हुने गर्छ । सम्बन्धमा पाटर्नरको इच्छा आँकक्षा जान्न जरुरी हुने गर्दछ । पाटर्नरबाट अपेक्षा मात्र राख्न भन्दा पनि भावनात्मक सम्बन्ध कायम गर्नतर्फ जोड दिन जरुरी छ । 

यो बुझ्नु जरुरी छ
जुन घरमा बच्चाहरूले बढी बोल्नु हँुदैन भन्दै ठूलाबडाले रोकतोक लगाएर बच्चा हुर्काउँछन् ती बालबालिका भ्विष्यमा पार्टनरसँग शारीरिक तथा मानसिक रुपमा नजिक हुन समय लाग्ने विभिन्न शोधले जनाएको छ । यसकुरालाई बुझेर पार्टनरलाई मद्दत गर्नु नै दुबैको भलाई हुन्छ ।

ओशो भन्छन्
ओशोले आफ्नो एक पुस्तकमा लेखेका छन् ‘इन्टिमेसी अर्थात घनिष्ठताको अर्थ दिलको गहिराइबाट निस्कने भावना हो । फिलिङ छैन भने त्यहाँ इन्टिमेसी पनि हुँदैन । मनसँग सोध्नुहोस् के साँच्चिकै पाटर्नरका लागि तपार्इंको केही भावना छ ? यदि यसको जवाफ छैन् भन्ने लाग्छ भने केही समय आफूलाई कन्ट्रोल गर्नुहोस् र जे छ त्यसैमा चित्त बुझाउनुहोस् । प्रतिक्षा गर्नुहोस् एकदिन तपाईं भित्रको फिलिङग्स बाहिर आउँछ ।


(नवभारतटाइम्सबाट)

Last modified on 2019-05-04 15:00:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts