यस्ता खाना जसले गर्भधारणमा गर्छ मद्दत...



Download our app to get more features

गर्भावस्थाको समय खानपानको विशेष ध्यान दिनुपर्छ भन्ने कुरा सामान्यतया सबैलाई थाहा हुन्छ । तर, के तपाईंलाई थाहा छ, गर्भधारण गर्नका लागि कस्ता खाना खानु उचित हुन्छ ? खानामा अनेक प्रकारका तत्वहरु हुन्छन् जसले महिलाको फर्टिलिटी बढाउने काम गर्छ । लामो समयदेखि पनि यदि गर्भ वस्न सकेको छैन भने खानपानमा परिवर्तन ल्याउनु पनि आवश्यक हुन्छ ।
जानौं केहि यस्ता खानाको बारेमा जसले तपाईंलाई गर्भधारण गर्नमा मद्दत गर्छ । 

केराः केरामा पर्याप्त मात्रामा पोटाशियम र भिटमिन बीट पाइन्छ । यसले महिलामा फर्टिलिटी दरलाई सुधार गर्ने काम गर्छ । यसले शुक्राणु र अन्डाको गुणमा सुधार, प्रजनन हार्मोनलाई विनियमित गर्ने काम गर्छ । 

फलियाः प्रोटीन र आइरनले भरपुर फलियाले महिलाको प्रजनन क्षमतालाई विकसित गर्ने काम गर्छ । आइरनको कमीका कारण अन्डा पूर्ण रुपले विकसित हुन पाउदैन त्यसकारण फलियाको सेवन गर्नु राम्रो मानिन्छ । 

हरियो तरकारीः हरियो तरकारीम पर्याप्त मात्रामा फोलेटको साथ साथै भिटमिन बी पनि पाइन्छ । यी दुवै तत्वले Ovulation (अन्डोत्सर्जन) मा मद्दत गर्ने काम गर्छ । त्यतिमात्र नभई हरियो तरकारीले महिलाको कामेच्छालाई पनि विकसित गर्ने काम गर्छ । 

आलुः भुटेको आलु भिटमिन सी को स्रोत राम्रो मानिन्छ । त्यसका साथै यो गर्भावस्थामा महिलाका लागि फाइदाजनक मानिन्छ । साथै आलुमा भिटामिन बी र इ पनि पर्याप्त मात्रामा पाइने हुँदा यसले गर्भधारण गर्नमा मद्दत गर्छ ।

फर्सिको विउः फर्सिको विउnon-heme iron लाई राम्रो स्रोत मानिन्छ । एक अध्ययनका अनुसार जो महिलाले यो आइरनको प्रयोग गर्छिन उनमा प्रजनन सम्बन्धि समस्या अन्य महिलाको भन्दा कम हुन्छ । 

 

(हावर्ड स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययन अनुसार)

Last modified on 2019-05-09 06:15:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts