सिस्नुको साग जसले राख्छ रोगबाट टाढा



Download our app to get more features

उच्च हिमाली भेगदेखि तराईका जुनसुकै ठाउँमा पाइने सिस्नुको फाइदा बारे धेरैजना अनविज्ञ हुनसक्छन ।

अज्ञानताकै कारण गाउँघरतिर त सिस्नुलाई खराब झार भनेर काटेर फाल्ने पनि गरिन्छ । तर खराब झार भए पनि मानव स्वास्थ्यका लागि भने यो निकै फाइदाजनक छ । सिस्नुलाई हरियो सागका रुपमा, सुकाएर वा पिँधेर धुलो बनाई सुपका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कतिपयले त सिस्नुलाई चिया समेत बनाएर खाने गरेका छन् ।

सिस्नुका फाइदा 

  • शरीरका विभिन्न अंगमा हुने दुखाईलाई कम गर्छ । 
  • हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिरा हटाउन मद्दत गर्छ ।
  • फलाम तत्व पर्याप्त मात्रामा हुने भएकाले महिलाका लागी अझै धेरै फाइदाजनक । 
  • रक्त अल्पता र कमजोरी हटाउन मद्दत गर्छ ।
  • पेटमा भएको बच्चालाई स्वस्थ र निरोगी बनाउँछ । 
  • कपाल झर्ने समस्या र छालाको रोगमा निकै उपयोगी । डन्डीफोर हटाएर छालाको संक्रमणबाट मुक्त बनाउँछ ।
  • सिस्नोमा भिटामीन, मिनरल, बेटा, करोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क तत्व हुन्छ । जसले शरीरमा रोगप्रतिरोधाम्क शक्ति बढाउन मद्दत गर्छ । 
  • सिस्नोको फूल सेवन गरेमा वर्षायाममा आउने ज्वरोमा राहात मिल्छ ।
Last modified on 2019-05-08 12:35:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts