ब्लू क्रस अस्पतालले भित्रायो स्वचालित रगत परिक्षण प्रणाली



Download our app to get more features

काठमाडौं, २७ वैशाख । ब्लू क्रस अस्पतालले स्वचालित रगत परिक्षण प्रणाली भित्राएको छ । स्वास्थ्य क्षेत्रमा करिव तीन दशक देखि योगदान पुर्याउनदै आएको यस अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा यो प्रणाली भित्राएको हो ।

अनुकुल स्वास्थ्य सेवालाई परिमार्जिन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको त्यस अस्पतालले केहि समय अगाडी रोश कम्पनीको ईमुनोलोजि सम्बन्धका सम्पूर्ण परिक्षण गर्ने मेसिन जडान गरी सेवा प्रवाह गरीरहेको छ ।

अस्पतालले बिडि कम्पनीको BACTEC प्रविधिबाट स्वचालित रगत परिक्षण प्रणाली (Automated Blood Culture System को संचालन गरी आफ्नो सेवालाई  एक खुड्किलो माथी उचालेको जनाएको छ ।

यस सेवाबाट छोटो समयमा नै रगत परिक्षणको विश्वसनिय नतिजा प्राप्त गरी छिटो बिरामीहरुको रोगको पहिचान भई उपचार गर्न सहज हुने अस्पतालका प्रबन्धक तथा कार्यकारी व्यवस्थापन समितिका सदस्य सती गौतम सिंहले विज्ञप्ति जारी गरी जानकारी दिएकी छन् ।

साथै उनले आउने दिनहरुमा समेत बिरामीहरुलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक उपकरणहरुको विस्तार गरिदै जाने बताएकी छन् ।

Last modified on 2019-05-10 16:52:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts