कसरी बढाउन सकिन्छ स्मरणशक्ति ?



Download our app to get more features

काठमाडौं, २८ वैशाख । बदलिँदो जीवनशैली, तनाव, अस्वस्थ खानपान र अपूरो निद्राजस्ता विभिन्न कारणले मानिसको स्मरण शक्ति कमजार हुँदै गइरहेको छ ।

उमेर  ढल्किदै जाँदा स्मरणशक्तिमा कमी आउनु स्वाभाविक हो । तर, पछिल्लो समय कम उमेरमा स्मरणशक्तिमा समस्या देखिन थालेको छ । स्मरणशक्ति बढाउनका लागि विभिन्न विधि अपनाउन सकिन्छ । 

खानपान

हामीले दैनिक सेवन गर्ने खाद्यपदार्थको मस्तिष्कसँग सीधा सम्बन्ध हुने गर्छ ।

बजारमा पाइने विभिन्न खानेकुरा, कोलड्रिंक्स र फास्ट फुडले स्वास्थ्यमा असर गरिरहेको छ । यसकारण स्मरणशक्ति बढाउने खानेकुरा जस्तैः बदाम, काजु, ओखर र अन्य नट्स आदि नियमित खानुपर्छ । दूधजन्य खाद्यपदार्थ तथा फलफूल पनि मस्तिष्कका लागि उपयोगी खाद्यपदार्थ हुन् ।  

 विश्लेषण

हरेक कुरा लामो समयसम्म स्मरणमा राखिराख्न विश्लेषण एकदमै जरुरी हुन्छ ।

अध्ययनअनुसार कुनै कुरा हाम्रो अवचेतन दिमागमा राख्न एक मिनेटमा पढेको कुरालाई करिब तीन मिनेटसम्म विश्लेषण गर्न जरुरी हुन्छ ।

जसले गर्दा सूत्र, मिति वा अन्य याद राख्नुपर्ने विषय दिमागबाट कहिल्यै पनि मेटिँदैनन् । विद्यार्थीले परीक्षामा कति लेख्छ भन्दा पनि कति पछिसम्म याद राख्छ वा जीवनभरमा कति हदसम्म काम लाग्छ भन्ने कुरा महŒवपूर्ण हुन्छ ।

जुन सिकाइको समयमा विश्लेषणले सम्भव गराउँछ । तसर्थ, स्मरणशक्ति बढाउने उपायमध्ये विश्लेषण पनि प्रमुख हो । 

 टेक्निक

कुनै पनि कुरा स्मरण गर्नका लागि टेक्निक सबैभन्दा महत्वपूर्ण हो । यसलाई निमोनिक्स भनिन्छ । यस विधिअनुसार याद गर्दा बढीभन्दा बढी कुरा एकैचोटि स्मरण गर्न सकिन्छ । जस्तैः कुनै पनि स्थानको आधारमा स्मरण गर्न सकिन्छ । आफूले स्मरण गर्नुपर्ने कुनै विषयलाई कुनै अन्य परिचित स्थान वा अन्य वस्तुसँग दाँजेर स्मरण गर्न सकिन्छ । स्मरणका लागि यो एकदमै प्रभावकारी विधि हो ।

 मस्तिष्कमा चित्र बनाउने

सामान्यतया कुनै फर्मुलाभन्दा चित्रित गरिएका विषयवस्तु छिटो र लामो समयसम्म याद भइरहेका हुन्छन् । तसर्थ स्मरण गर्नुपर्ने कुरा मस्तिष्कमा कुनै चित्र बनाएर पढ्दा लामो समयसम्म दिमागमा रहिरहन्छ । 

समूहमा पढ्ने

खासगरी विद्यार्थीका लागी समूह बनाएर पढ्ने विधि स्मरणको राम्रो विधि हो ।

यसले सहज ढंगले मस्तिष्कमा लामो समयसम्म बस्न मदत गर्छ । र, साथीहरूको माझमा एक–अर्कासँग छलफल गर्दा राम्ररी बुझिन्छ ।

कुनै पनि कुरा मानिसले आफ्नो मस्तिष्कमा राख्न सक्छ । तर, यसका लागि राम्ररी बुझ्न आवश्यक हुन्छ । जसका लागि समुहमा पढ्ने राम्रो विधि हो । 

काम गर्दा विश्राम

करिब आधा घन्टाको सिकाइमा १० मिनेट ब्रेक लिनुपर्छ, जुन अवधिभित्रमा लिएको ज्ञानलाई सही स्थानमा राख्न सकिन्छ । लगातार लामो समयसम्म पढ्दा ज्ञान लिन सकिँदैन, यसले विद्यार्थीमा बोझ मात्रै बढाउँछ । तर, ब्रेकको समयमा युट्युब, टिभी, फेसबुक हेर्ने र भिडियो गेम खेल्ने गर्नुहुँदैन ।

सामान्यतया व्यक्तिको आँखाबाट ९० प्रतिशत मानसिक शक्ति बाहिर जाने भएकाले यस्ता क्रियाकलाप गर्दा मस्तिष्कले आराम गरेको मानिँदैन । ब्रेकको समयमा शारीरिक काम वा ध्यान गर्न सकिन्छ, यस्ता क्रियाकलापले मस्तिष्कको क्षमतामा वृद्धि हुन्छ । 

अनुवाद

कुनै कुरा बुझ्न वा याद गर्नका लागि अनुवाद गरेर पढ्न सकिन्छ । कुनै विषयवस्तुलाई अनुवाद गर्दा दिमाग सक्रिय हुन्छ । फलस्वरूप दिमागमा चाँडो बस्छ । परीक्षाको समयमा  याद गर्नुपर्ने लामा नोटलाई विद्यार्थीले अनुवाद गरेर स्मरण गर्न सक्छन् ।  

स्मरणशक्तिमा विश्व किर्तिमानी, अर्पण शर्माबाट
 

Last modified on 2019-05-11 15:36:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts