छालाको समस्याबाट जोगिन चाहनुहुन्छ भने त्याग्नुस् यी ५ कुरालाई...


Download our app to get more features
Spark_health_home Birat Hospital

गर्मीको मौसममा अनेक स्वास्थ्य समस्याले सताई रहँदा छालाको स्वास्थ्य समस्याबाट जोगिन विशेष ध्यान दिनु पर्छ । किनकी छाला मानिसको बाहिरी भाग हो । जसमा कुनैपनि समस्या भयो भने त्यसले नराम्रो असर पार्छ मानिसको व्यक्तित्वमा । त्यस कारण छालाको समस्याबाट जोगिन चाहनुुहुन्छ भने सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिनु पर्छ । 

जानौं केही तत्वका बारेमा जसले तपाईंको छालाको समस्याबाट जोगिन राहत दिन्छ ।

vayoda

bp_ad

तारेको परिकार
तारेको, धेरै तेलमा भुटेको खाने कुरा जस्तै पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानबाट जोगिनु पर्छ । यस्ता तेलमा बनाइएका खानेकुराको सेवनले तपाईंको छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ । 

ट्रान्स फ्याटयुक्त खानेकुरा 
केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यसको सेवन गर्नाले छालामा असर हुनुका साथै हर्ट अट्याकको खतरा पनि बढेर जान्छ । 

रातो मासु र अल्कोहल
रातो मासु र रक्सी यसैपनि स्वास्थ्यको लागि नराम्रो मानिन्छ । रातो मासु र अल्कोहलमा फ्षटको मात्रा धेरै हुन्छ । जुन स्याचुरेटेड फ्याट हुन्छ जसले मुटु र छाला दुवैलाई नोक्सान पुर्याउन सक्छ ।
 
आवश्यक्ता भन्दा बढि कार्बोहाइड्रेटको सेवन गर्नु
सेतो चामल, सेतो चीनि, सेतो पाउरोटी,सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । किनकी यीनमा पर्याप्त मात्रामा पाइने कार्बोहाइड्रेटले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ । त्यति मात्र नभई यसको अत्यधिक सेवनले तपाईंको छालाको चमक कम हुँदै जान्छ । 

डेरीका परिकार 
उसो त दूधले बनेका परिकार स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ तर, यदि यो शुद्ध छ भने मात्रै । अन्यथा मिसावट युक्त दूध वा दही छ भने त्यसले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ ।


 

Last modified on 2019-05-16 12:53:59

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts