बेमौसम पानी पर्नाले हुन सक्छ यस्ता समस्या, जोगिन अपनाउनुहोस् यी उपाय



Download our app to get more features

चर्को घाम र प्रचण्ड गर्मीको समयमा वर्षा भयो भने त्यसले शरीरलाई मात्रै होइन मनलाई पनि आनन्द प्रदान गर्छ । वर्षाको मौसम प्रायः सबैलाई मन पर्छ । तर, यदि यही पानी बेमौसम पर्न थाल्यो भने त्यसले तपाईंलाई रोगको मुखमा धकेल्न सक्छ । यस्ता बेसौमको पानीले मानिसलाई रोगी बनाउनुका साथै कमजोर पनि बनाउन सक्छ । 

बेमौसम वर्षा भयो भने व्यक्तिलाई अनेक प्रकारका संक्रमणले चपेटामा लिन सक्छ । यस्तो अवस्थामा केहि सावधानी अपनाएर तपाईं बेसौम वर्षामा लाग्ने रोगबाट जोगिन सक्नुहुन्छ । जानौं केहि यस्ता उपायका बारेमा जसले तपाईंलाई बेसौमको वर्षाले लाग्ने रोगबाटजोगिन सकछ ।

रुघाखोकी ः जसलाई अंगेजीमा इनफ्लुएन्जाको नामले चिनिन्छ । वर्षाको मौसममा हुने सबैभन्दा सामान्य र खतरनाक रोग हो यो । यो मौसममा केहि संक्रामक भाइरसले श्वास नलीको माथिल्लो भागलाई संक्रमित गरेर नाक र घाँटीलाई प्रभावित गर्छ । जसको कारणले व्यक्तिमा बन्द नाक, शरीर दुखाई, घाँटी खसखसाउने र ज्वरोको लक्षण देखिन सक्छ ।
 
उपचार ः यदि तपाईं रुघाखोकी र ज्वरोबाट पीडित हुनुहन्छ भने डाक्टरसँग परामर्श गरेर औषधि उपचार गराउन सक्नुहुन्छ । त्यस बाहेक यो बेला पर्याप्त मात्रामा तरल पदार्थको साथै पोषक तत्व र सन्तुलित आहार खानुपर्छ । यसो गर्नाले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ र रोग लाग्नबाट जोगाउने काम गर्छ । त्यस बाहेक भिटामिन सीले भरपूर फल र हरीयो साग तरकारी पनि आहारमा समावेश गराउनुपर्छ । त्यसका साथै संक्रमणबाट यस्ता रोग फैलिने हुनाले संक्रमित व्यक्तिबाट टाँढै बस्नु पर्छ । 

डायरिया ः वर्षाको मौसममा डायरिया पनि सबैभन्दा धेरै फैलिने र लाग्ने गर्छ । यो रोग विभिन्न जीवाणुको सक्रिय हुनाले लाग्ने गर्छ । यसमा पेट बाउडिएको जस्तो हुने गर्छ । सामान्य अवस्थामा हेर्ने हो भने दूषित पानी र काचो खाने कुराको सेवन गर्नाले पनि यो समस्या देखिन्छ । त्यस कारण बासी खानेकुरा खानु हुँदैन । खाने र पिउने कुरालाई सँधै छोपेर राख्नुपर्छ । कुनैपनि खानेकुरा खानुभन्दा पहिले राम्रोसँग हात धुनुपर्छ ।
 
फूड पोइजनिंगः वर्षामो मौसममा प्रायः फूड पोइजनिंगको खतरा हुन्छ । पेट दुख्ने, वान्ता हुने र झाडा पखालाको पनि समस्ता आउन सक्छ यो बेला । फूड पोइजनिंग भएमा शरीर कमजोर हुन थालेको अनुभव हुन्छ । 

उपचारः यो रोगमा शरीरमा पानीको कमी हुन थाल्छ । यस अवस्थामा काचो खानेकुरा विष समान हुन्छ । त्यसकारण यो समयमा काचो खानेकुरा अर्थात् हरियो तरकारीको सलाद खानु हुँदैन । किनकी कतिपय अवस्थामा सलाद राम्रोसँग सफा भएन र त्यसलाई सहि तापक्रममा राख्न सकिएन भने त्यसले विषको काम गर्छ । त्यसका साथै सडक किनारमा पाइने चटपटे, पानीपुरी जस्ता खानेकुरा पनि खानबाट जोगिनु पर्छ । किनकी उनीहरुले प्रयोग गर्ने समान कति स्वस्थ र सफा छ भन्ने कुरा जान्न सकिँदैन ।
 
वर्षामा लाग्न सक्ने रोगबाट जोगिनका लागि अपनाइने उपाय:

झाडापखाला जस्ता रोगबाट जोगिनका लागि सँधै सफा र शुद्ध पिउने पानीको मात्रै प्रयोग गर्नुपर्छ । सँधै प्रयास गर्नुपर्छ कि उमालेको पानी मात्रै पिउ ।

घरमा प्रयोग हुने तौलिया एकले अर्काको प्रयोग गर्नु हुँदैन । यसो गर्नाले रोग फैलने ब्याक्टेरियाले तपाईंलाई झन् नोक्सान हुन सक्छ । 

खोकि गर्दा वा हाच्छ्यू आउँदा आफ्नो मुख र नाक रुमालले छोप्नु पर्छ । अन्यथा तपाईंको वरपरको मानिसलाई पनि संक्रमित गराउन सक्छ ।
 
घरमै पकाइएको खाना खानुपर्छ । बाहिरको खाना खानबाट जोगिनुपर्छ । 

हात धुनका लागि सँधै ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्नुपर्छ ।

Last modified on 2019-05-16 12:55:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts